'कच्चा तेलको मुल्यमा निरन्तर वृद्धि हुँदा पनि खै नेपाल सरकारको चाँसो ?', नीरव पुडासैनीको लेख

नीरव पुडासैनी

नीरव पुडासैनी

Mar 08, 2022 | 02:36:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सन २०१५ को सुरुवाती दिनहरुको आसपासमा एक सय डलर प्रति ब्यारेल रहेको कच्चा तेलको मुल्य त्यसको एकाध महिनापछि ६० डलर प्रति ब्यारेलमा झरेको थियो। र आजको दिनमा प्रति ब्यारेलको मुल्य १३० डलर छ।  जुन निरन्तर माथि लागि रहेको देखिन्छ। 

माग, आपूर्ति र भूराजनीतिक टकरावको मूल चक्रले नै बजारको मुल्य सम्बन्धि अर्थशाश्त्रिय सिद्दान्तलाई स्थापित गराउँछ। अहिले ति मध्यको भूराजनीतिक जटिल टकरावको दुष्प्रभावमा कच्च तेलको मुल्य परेको देखिन्छ। 

तेलको मुल्यमा निरन्तर वृद्धिले विश्व अर्थतन्त्र थप जोखिममा परिरहेको छ भन्दा अन्यथा नहोला। फलस्वरूप विश्व तेलबजारसंग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेको सबैलाई चिन्तित तुल्याएको छ। तर नेपालका नीति निर्माताहरुले यसलाई गम्भीर रुपमा हेरेको र त्यसको असरबाट अर्थतन्त्रलाई जोगाउन प्रयत्न गरेको देखिंदैन। 

तेलको मुल्यसँगै भारुको गिरावटले नेपाललाई थप ठुलो क्षति हुने प्रष्ट छ। भारुसँग नेपाली मुद्राको 'पेगिंङ' रहेको छ, जुन अहिले नै हट्ने कुनै गुन्जाएस देखिदैन। यस कारण पनि नेपाली अर्थतन्त्रलाई जोगाउन अब ढिला गर्नुको कुनै औचित्य रहँदैन। 

वैश्विक कुल ग्राहस्थ उत्पादनमा तेलको हिस्सा तिन प्रतिशतको हाराहारीमा रहेको छ। जसको अर्थ यसको निरन्तर मुल्य वृद्धिले अर्थतन्त्रमा मुद्रास्फीति बढ्ने देखिन्छ। 

विप्रेषणको जगमा भित्रिएको विदेशी मुद्रालाई निरन्तरको मुल्य वृद्धिले थप जोखिममा पारिरहेको छ। नागरिकको तहमा यसको अनावश्यक खपतलाई कम गरेरे सहयोग गर्न सकिन्छ र परिआएमा नागरिकले त्यो पनि गर्नेछन्। तर सरकार र अर्थमन्त्रालयको तर्फबाट जोखिम न्यूनीकरण गर्ने कार्ययोजना नआउनु चिन्ताको विषय हो। 

global oil market, Bonny Light and Brent crude oil, Arthur Eze, Nigeria cuts crude oil production to 1.77mbpd, Nigeria wants international oil companies to pay up now , OPEC+ deal gets a boost as Russia and Saudi Arabia consider further output cut, 4 key reasons why Brent crude might slip back to $35 per barrel, How substantial is compliance for the Oil market?

उन्मादी रुपमा युद्दमा लागेको रसियालाई तेलको मुल्य घट्दा जति घाटा लाग्छ भनिएको थियो, त्यो स्थिति अहिले छैन। फलस्वरूप रसिया यस बिषयमा मौन छ। पश्चीमाले रसियाको तेल नकिन्ने निर्णय गरेता पनि चाईना लगायतका अन्य केहि देशहरुले त्यसो गर्ने देखिंदैन। संसारको सबैभन्दा ठूलो तेल आयातकर्ता चाइना हो। अहिले बढिरहेको मुल्यमा केहि छुट गरेर चाइना लगायतका देशहरुलाई रसियाले तेल बेचेको खण्डमा पनि यथास्थितिमा रसियालाई धेरै ठूलो असर पर्दैन । एक डलर मुल्य घट्दा रसियालाई  करिब दुई अर्ब डलर घाटा लाग्छ भन्ने गरिन्छ। तर हालको भूराजनीतिक टकरावको कारण रसिया यसै कारण पछि हट्ला जस्तो देखिंदैन। 

तेलको मुल्यमा आउने दश प्रतिशत वृद्धिले विश्व उत्पादकत्वमा शुन्य दशमलव १ प्रतिशतको गिरावट हुने यस क्षेत्रका विज्ञहरुले पुष्टि गरिसकेका छन्। आजको मुल्यको आधारमा कच्चा तेलको मुल्यले यसको चौध बर्ष अगाडीको मुल्यलाई जितिसकेको छ। 

युरोपका देशहरुले रसियन तेलको आयातलाई बन्द नगरिसकेको भएतापनि अमेरिकाले  गर्न खोजेको देखिन्छ। मुल्यको हिसाबले यो थप चिन्ताजनक बिषय हो। तसर्थ तेलको मुल्यप्रति ब्यारेल केहि सय माथि नजाला भन्न सकिन्न। उन्मादी रुपमा रहेको रसियाले युद्दलाई निरन्तरता दिएको अवस्थामा तेलको मुल्य चाडै दुई सय प्रति ब्यारेल जाने पक्का छ। 

यसरी निरन्तर मुल्य वृद्धिको कारण नेपाली अर्थतन्त्रलाई कस्तो प्रभाव पर्छ ? एकै डलरको मुल्य वृद्धि वा दश प्रतिशतको वृद्धिले मुद्रास्फितिमा कति असर गर्छ ? नुनदेखि सुनसम्मको आयातमा निर्भर नेपाली बजारमा मुल्य वृद्धिको प्रभाव धान्न सक्ने ल्याकत छ ? यो कुरा सरकारले बुझोस् !

अन्तराष्ट्रिय बजारमा मूल्य बढेर नेपाल पनि पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडीभाडा २७ प्रतिशतले बढाउने माग गाडी व्यवसायीबाट आइसकेको छ। यसर असर के जनताको दैनिमा पर्दैन ? के सरकारको यसको लागि तयार छ ? जनहरु महंगिको मारमा परेर ठालु नेताहारुको भान्छा, भान्छामा धावा दिन विवस नहुन्, र विवस नबनाईयोस् !

लेखक पुँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved