अर्थतन्त्र जोगाउन ब्याजदरमा वृद्धि

नीरव पुडासैनी

नीरव पुडासैनी

Mar 20, 2022 | 11:29:59 AM मा प्रकाशित

laxmi  sunrise bank

मुद्रास्फितिलाई कावुमा राख्ने प्रयास स्वरूप हालैमात्र अमेरिकी फेडरल रिजर्भ बैकले चार बर्षपछि ब्याजदर बढाउने निर्णय गरेको छ। फेडरेट बढ्नुको अर्थ बैकसँग लिईने उधारोको मुल्य बढ्नु हो। 

फलस्वरूप बैंक तथा अन्य वित्तीय संस्थाहरुबीच हुने कारोबार (उधारो) को मागलाई घटाईदिन्छ। त्यस्तै अर्थतन्त्रमा ऋणको लागत पनि बढाईदिन्छ। अमेरिकी उपभोक्ता मुल्य सूचकांक ७.९ प्रतिशत बार्षिक दरमा बढेको देखिन्छ। जुन १९८२ पछिको उच्च वृद्धि हो। 

यहि कारण पनि फेड यस पटक ब्याजदर बढाउने निर्णय गर्न बाध्य भएको देखिन्छ। झट्ट हेर्दा ब्याज वृद्धिको कारण ऋणको लागत वृद्धि हुन्छ। तर वित्तीय अनुशासन अनुशरण गर्ने अर्थतन्त्रमा ब्याजदरको वृद्धिले आर्थिक गतिविधिहरुलाई केहि मात्रामा कम गराउँछ। फलस्वरूप मुद्रास्फितिलाई कावुमा ल्याउन सकिन्छ। 

मुख्य रुपमा रेट बढाउनुको उदेश्य भनेको नै ऋण तथा उधारोलाई महँगो बनाएर थप लगानी र खर्चलाई निरुत्साहित गर्ने, फलस्वरूप वस्तु तथा सेवाको माग घटोस र मुल्य थप नबढोस् भन्ने नै हो। 

तर बेरोजगारी वृद्धि हुने तर्फ यस पटकको फेड रेट वृद्धिको निर्णयले ध्यान दिएको देखिन्न। फेड रेटको कारण यदि बेरोजगारी दर वृद्धि हुँदै गएमा अर्थतन्त्रमा मन्दी आउने सम्भावना हुन्छ। सायद फेडले ३ महिनापछि हुने आगामी बैठकमा अर्थतन्त्रको अवस्थालाई हेरेर यसबारे थप निर्णय गर्ने नै छ। वृद्धि भएको फेड रेटको कारण ऋणपत्र र मुद्रा बजार तर्फ पैसा आकर्षित हुन्छन् । जसको कारण सुनको मुल्यमा गिरावट आउँन सक्छ। जब ब्याजदर वृद्धि हुन्छ तब वस्तु बजारको मुल्यमा मन्दी आउँ सुरु गर्छ। गत  बुधबारको फेडको निर्णयले सुन, कच्चातेल लगायतका वस्तुहरुको मुल्यमा केहि गिरावट भएको हामीले देख्न सक्छौं। 

अमेरिकी फेडरल रिजर्भ बैंकको निर्णयको कारण कतै अर्थतन्त्रमा मन्दी, बेरोजगारी वृद्धि र उपभोक्ता मुल्य सूचकांक पनि वृद्धि भएर स्टेगफ्लेसनको अवस्था आउने त होइन ? तर ब्याजदरको  मामिलामा फेड यहि रोकिएला जस्तो देखिदैन। फेड अधिकारीहरुको अनुसार यस बर्षको अन्त्यसम्म फेडरेट अझैं माथि जाने कुरा बुझ सकिन्छ। उनीहरुले ब्याजदर वृद्धिलाई मुद्रास्फितीलाई नियन्त्रित गर्ने बलियो औजारको रुपमा लिएको देखिन्छ। मुद्रास्फितिलाई कावुमा लिन ब्याजदरलाई मुख्य अस्त्रको रुपमा लिएको फेडलाई पछ्याउदै बैंक अफ इंग्ल्यान्डले पनि वृद्धि गर्ने निर्णय गरेको छ। 

ब्याजदरको आधारमा मात्र भन्दा कमोडीटिहरुका मुल्यहरु र ब्याजदरको सम्बन्ध विपरित दिशातर्फ जान्छन्। ब्याजदर कम हुँदा ठुला व्यवसायीहरुले कम लागतमा आफ्नो उद्योगलाई चाहिने कच्चा पदार्थहरु यथेष्ट मात्रामा भण्डारण गर्न सक्छन्। जस्तै कोइला, फलाम, लगायत विभिन्न धातुहरु तेल इत्यादि।  

तर ब्याजदर वृद्धि हुँदा त्यो सम्भावनामा ह्रास आउँछ। फलस्वरूप मुल्यहरुमा गिरावट आउने स्थितिको सिर्जना हुन्छ। तर प्रत्यक्ष रुपमा उच्च फेड रेटको कारण अमेरिकी डलर पनि बलियो पनि हुन्छ। यसले नेपाल जस्तो देशलाई विप्रेषण मार्फत फाइदा भएको देखिन्छ तर पूर्ण रुपले आयातमा निर्भर भएको कारण यसबाट नेपालले केहि फाइदा लिन सक्दैन। 

सन् २०१४ मा जब फेडले ब्याजदरमा वृद्धि गर्यो त्यसबेला डलरको मुल्य २० प्रतिशत बलियो भएको थियो। यस तथ्यांकले पनि माथिको कुरालाई पुष्टि गर्छ। यस्तो अवस्थामा विकसित देशहरुबाट अमेरिकी मुद्राबजार र अन्य क्षेत्रलाई लगानी वृद्धि हुन्छ। 

उदाहरणको लागि छोटो अवधिको जोखिमयुक्त दर जर्मनको भन्दा अमेरिकाको धेरै भयो भने यस्तो अवस्थामा जर्मनका लगानीकर्ताहरुले आफ्नो देशमा ऋण लिएर अमेरिकी बजारमा लगानी गर्दछन्। यस्ता विभिन्न कारणहरुले सायद फेडले यस पटक मुद्रास्फिति कावुमा राख्न रेट बढाउने निर्णय गरेको हुनु पर्छ। 

लेखक पुँजीबजार तथा अर्थतन्त्रका जानकार हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved