महुलीका सीईओ पाण्डेले दिए लघुवित्तको पुँजी बढाउने गजबको 'आइडिया', तरलतामा पनि राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 27, 2022 | 11:04:23 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत गंगाधर पाण्डे (जिडी पाण्डे) ले लघुवित्तहरुको पुँजी बढाउने बारे 'गजब' को आइडिया अगाडी सारेका छन्। उनको यो सुझावले लघुवित्तले लामो समयदेखि माग गर्दै आएको लघुवित्तको पुँजी वृद्धिलाई मात्र नभई केहि महिनादेखि सिंगो अर्थतन्त्रले नै भोग्दै आएको तरलता अभावको समस्यालाई समेत केहि न्यूनीकरण गर्न सक्ने देखिन्छ। 

झन्डै दुई अढाई बर्षदेखि नै लघुवित्तका संचालक तथा उच्च व्यवस्थापकहरुले लघुवित्तको चुक्तापुँजी वृद्धि गर्नुपर्ने र त्यसको लागि राष्ट्र बैंकले अनुमती दिनुपर्ने तर्क अगाडी सार्दै आएका छन्। 

तर नियामक नेपाल राष्ट्र बैंक भने लघुवित्तहरु सामाजिक व्यवसाय गर्न स्थापना भएको भन्दै सिमित दायरामा रहेर व्यवसाय गर्नुपर्ने मान्यता राख्दै आएको छ। त्यतिमात्र नभई हकप्रद मार्फत चुक्तापुँजी वृद्धि गर्दा बैंक वित्तीय संस्थामा चार गुणा चुक्ता वृद्धिको दबाबको असर अहिले देखिए झैं लघुवित्तमा पनि त्यस्तै असर पर्न सक्ने राष्ट्र बैकको बुझाई देखिन्छ। 

यता लघुवित्तकर्मीहरु भने व्यवसाय तथा कारोबारको आकार वृद्धिको लागि पुँजी अति आवश्यक भएको र त्यसको लागि बोनस वा हकप्रद मात्रै विकल्प भएको बताउंदै आएका छन्। केहि लघुवित्त व्यवसाय वृद्धि गर्नका लागि चुक्तापुँजी बढाउन चाहन्छन् र तर क्षमता भएर पनि त्यहि अनुसार वोनस सेयर दिनसकेका छैनन्। किनकि अहिले बोनस सेयर वितरण गर्दा पनि २० प्रतिशत भन्दा माथि जति वितरण गर्ने हो त्यसको तोकिएको प्रतिशत रकम प्रोभिजन गर्नुपर्ने बाध्यता छ। 

तर महुली लघुवित्तका प्रमुख कार्यकारी अधिकृत पाण्डेले भने बोनस सेयर र हकप्रद मार्फत मात्र नभई लघुवित्तका सदस्यहरुलाई सेयर बिक्रि गरेर पनि लघुवित्तहरुको चुक्तापूंजी वृद्धि गर्न सकिने बताउँछन्।

उनकाअनुसार यसरी एक जना लघुवित्तका सदस्यलाई प्रति सदस्य १० कित्ता मात्रै पनि जारी गर्दा ५ करोड ६० लाख कित्ता थपिने र यसबाट झन्डै ५ अर्ब ६० करोड पुँजी थप हुनेछ।

यसो गर्दा एकातर्फ, सदस्य संख्या अनुसार लघुवित्तको पुँजीवृद्धि पनि हुने र यसले लघुवित्तका सदस्यलाई आफु सदस्य रहेको संस्थाप्रति थप अपनत्व र जिम्मेवारी सिर्जना हुने देखिन्छ। भने अर्कोतर्फ  दुरदराज तथा ग्रामिण भेगमा रहेका व्यक्तिहरु नै लघुवित्तका अधिकांश सदस्यहरु हुने भएकाले उनीहरुले पटुका, सिरानी मुनी र खुत्रुकेमा जम्मा गरेको पैसा अनि प्रणालीमा आउने देखिन्छ। 

एकै पटक प्रणालीमा करिब ६ अर्ब रुपैयाँ आउँदा यसले हाल बैंकिंङ प्रणालीमा देखिएको तरलता अभावलाई पनि केहि सहजीकरण गर्ने देखिन्छ। त्यस्तै लघुवित्तमा लगानि गरिरहेका संचालक तथा सेयरधनीहरु माथि थप आर्थिक भार नपर्ने देखिन्छ। 

हाल नेपालमा ६६ वटा लघुवित्त संचालनमा रहेका छन् भने लघुवित्तका सदस्य संख्या ५६ लाख रहेको छ। त्यस्तै लघुवित्तमा आवद्द भएर लघुवित्तबाट कर्जा लिएर उद्यम तथा व्यवसाय गर्नेहरुको सख्या ३० लाख रहेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved