
नेपाल उद्योग वाणिज्य महासंघको एशोसियटतर्फ उपाध्यक्ष रामचन्द्र संघाईले नेपालको सेयर बजार आकाशे खेति जस्तो भएको बताएका छन्। नेपाल उद्योग बाणिज्य महासंघले आज शुक्रबार गरेको परिपक्व पुँजी बजार सम्मेलनको उद्घाटन सत्रलाई सम्वोधन गर्दै संघाईले यस्तो बताएका हुन्।
नेपालको सेयरबजारको संरचनागत आधार दिघो नभएकाले पनि नेपालको सेयरबजार आकाशे खेति जस्तो भएको उनले बताए।
कोभिड -१९ को बेला बिश्वभरका सेयरबजार ओरालो लागेका बेला पनि नेपालमा सेयर बजार बढेको बताउदै उनले नेपालको सेयरबजार आकाशे खेति जस्तो भएको बताएका हुन् ।
संरचनागत आधार कम्जोर हुँदा नेपालको सेयरबजारमा उतारचढाव धेरै हुने गरेकाले सरोकारवाला निकायहरुले मिलेर काम गर्नुपर्ने उनले बताए।
सेयर बजारको दिघो विकासका लागि पनि नियमन निकायविच समन्वय हुनुपर्ने उनले बताए । अर्थमन्त्रालय, नेप्से र धितोपत्र बोर्डबीच ट्युनिंग मिले मात्र सेयरबजार दिघो उनले उनले बताए।