बजेटमा नेगेटिभ केहि पनि छैन, एक्साईटेड हुनु पर्ने विषय पनि छैनन्: हरि ढकाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2022 | 08:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता हरि ढकालले सरकारले आज सार्वजनिक गरेको बजेटमा नेगेटिभ केहि पनि नरहेको र एक्साईटेड हुनु पर्ने विषय पनि केहि नरहेको बताएका छन् । बजेटबारे प्रतिक्रिया दिदै उनले बजेटमा धेरै अपेक्षा रहेको तर ति सम्बोधन नभएकोले नेगेटिभ हुनु पर्ने ठाउँ पनि नरहेको र एक्साईटेड हुनु पर्ने विषय पनि केहि नरहेको बताएका हुन्

बजारमा एनआरएनलाई भित्र्याउने विषय तुरुन्तै कार्यन्वयनमा आउँन सके यो सरकारको सकारात्मक कदम हुने उनको भनाई छ । यो पहिले पनि आई रहेको विषय भएकोले अब भने यो कार्यन्वयन नै आउनु पर्ने उनी बताउछन् । त्यस्तै विदेशमा रहेका नेपाली श्रमिकलाई आईपिओमा आरक्षण दिने विषय नयाँ रहेको उनको भनाई छ । 

उनले समग्रमा बजेट सन्तुलित नै रहेको बताए । तर लाभकर लगायतका विषयका धेरै माग भए पनि मिडियामा सम्बोधन गर्न लागिएको समाचार आएको तर बजेटमा त्यसबारे केहि नआएकोले धेरै खुसि हुने ठाउँ नरहेको उनी बताउछन्  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved