सेयर लगानीकर्ताको मनोबल बढाउँन तत्काल २ काम गरौँ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 15, 2022 | 10:30:50 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयरको दोस्रो बजारका लगानीकर्ता हिजोआज एकदम चिन्तित छन्। केहि अपवाद बाहेक अधिकांश लगानीकर्ताको लागि निरन्तर ओरालो लागिरहेको सेयर बजार टाउको दुखाईको विषय बनेको छ। 

सेयरको दोस्रो बजारमा जसको जति क्षमता थियो, उक्त व्यक्ति र संस्थाले उत्तिकै गुमाएको अवस्था छ। अर्ब लगानी गर्नेको पोर्टफोलियो अर्बमा घटेको छ भने लाखमा लगानी गर्नेहरुको लाखले घटेको छ। 

सेयर बजारलाई नै आम्दानीको स्रोत बनाउनेहरु मात्र नभई यसलाई 'पार्ट टाइम' वा बचतको पैसा लगानी गर्ने व्यक्तिहरुलाई पनि सेयर बजारको पछिल्लो घटाईले पिरोल्न थालेको छ। 

सेयर बजारको लागि बजेटमा केहि सकारात्मक कुराहरु आउला र त्यसले बजारलाई केहि अंकले भएपनि माथि उठाउला भन्नेहरु पनि निराशा देखिएको छ। पछिल्लोपटकको सेयर लगानीकर्ताहरुको आन्दोलन पनि त्यसकै एउटा कडी हो भन्दा गलत नहोला। 

नेपाल राष्ट्र बैंकले पछिल्लो समय सेयर धितो राखेर लिईने कर्जामा लगाएको सिमा र सेयर धितोमा बढाएको जोखिम भार लागू गर्ने मिति नजिकिदै गर्दा विशेषगरि ठूला लगानीकर्ताहरु अप्ठ्यारोमा परेका छन्।

नेपाल राष्ट्र बैकंले २०७९ असार मसान्तसम्ममा सेयर धितो कर्जाको सिमा एउटा बैंकबाट बढीमा ४ र सबै बैंकबाट बढीमा १२ करोड लिन पाइने निर्देशन जारी गरेको थियो।  

अहिलेपनि सेयर धितोकर्जाको सिमा १२ करोड माथि रहेका लगानीकर्ताको संख्या राम्रै रहेको पाइन्छ। असार मसान्त भित्र ४-१२ को सिमा पुरा गर्नुपर्ने निर्देशनले यस प्रकारका सेयर लगानीकर्तालाई थप दबाबमा पारेको छ।

अर्कोतर्फ राष्ट्र बैंकले यहि असार १ देखि लागू हुनेगरी शेयर कर्जाको जोखिम भार १०० प्रतिशतबाट १५० प्रतिशत पुर्याएको छ। यसले पनि बैकहरुलाई सेयर धितोकर्जाको ब्याज बढाउने वा त्यस्ता सेयर धितोकर्जालाई बन्द गर्ने बाध्यता बनाएको छ। बैंकले रोज्न सक्ने यी दुवै विकल्पले सेयर लगानीकर्तालाई थप दबाबमा राख्नेछ। 

यी लगायत क्रेडिट क्रंच, कमजोर मनोबल, नियामकको अस्थिर नीति जस्ता धेरै कुराहरुले लगानीकर्ताको मनोबलमा प्रभाव पारेको छ। जसले गर्दा पछिल्लो ३ महिनामा सेयर इन्डेक्स २७४३ बाट घटेर २००० मुनि अर्थात १९९६.२५ मा आइपुगेको छ।

बजार बढ्न के चाहिन्छ ?

निरन्तर ओरालो लागेको सेयर बजारले आत्तिएका लगानीकर्ताको मनोबल बढ्नेगरि बजेटमा केहि व्यवस्था हुन्छ भन्ने आम लगानीकर्ताको बलियो विश्वास थियो। तर पनि नेपाली कांग्रेस नेतृत्त्वको गठबन्धन सरकारले लगानीकर्ताको अपेक्षा सम्बोधन गर्न नसकेपछि सेयर बजारसँग सम्बन्धित लगानीकर्ताका संघहरु बिभिन्न माग राखेर निरन्तर आन्दोलनमा छन्।

लगानीकर्ताका नेताहरुले घटेको सेयर बजार बढाउँनलाई आन्दोलन नगरेको तर्क अगाडी सारेपनि वास्तविकता भनेको विभिन्न कारणले सेयर बजार घट्नुनै हो। 

बैंकिंङ प्रणालीमा तरलता अभाव छ, विगतको जस्तो सस्तो ब्याजमा सहजै कर्जा पाउने अवस्था छैन यो सबैलाई थाहा भएकै विषय हो। तर पनि आम लगानीकर्ताको आत्मबल बढाउँन र उनिहरुलाई हौसला प्रदान गर्नका लागि पनि सरकारले र सरोकारवालाले तत्काल दुई काम गर्नुपर्ने हुन्छ। 

राष्ट्र बैंकले मौद्रिक नीति पर्खनुको साट्टो एक सर्कुलर जारी गरेर ४-१२ हटेको र जोखिम भार १५० बाट १०० मा नै झारिएको सन्देश दिन सक्नुपर्छ। 

राष्ट्र बैंकले ४-१२ को सिमालाई हटाउँदा तत्कालै लगानीकर्ताले करोडौ रुपैया कर्जा पाउने अवस्था नभएपनि अहिले यो सिमा भन्दा बढी कर्जा लिएकालाई सेयर बिक्रि गर्न दबाब हुनेछैन। अर्कोतर्फ, यसो हुँदा लगानीकर्ताको मनोबल पनि बढ्न सक्छ र आत्तिएका लगानीकर्ताको घाउमा मल्हम को काम गर्न सक्छ। 

सेयर धितो राखेर कर्जा लिनलाई पहिल्यैदेखि मार्जिन तोकिएको अवस्थामा अहिले जोखिम भार बढाएर बैंकहरु मार्फत लगानीकर्ता अत्ताउने काम गर्नु भन्दा जोखिम भार १०० नै राखेर पनि सेयर कर्जामा बढी ब्याज तोक्न सक्ने अवस्था छ। यस्ले महँगोमा सेयर कर्जा लिन चाहनेसँग एउटा विकल्प खुला रहन्छ भने अर्को तर्फ बैंकहरुसँग पनि लगानी गर्ने पैसाको 'स्पेस' सृजना हुन्छ र लगानीकर्ताको मनोबलमा पनि सकारात्मक प्रभाव पार्छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved