जनार्दन प्रकरणः राजीनामाले मात्रै पुग्दैन, उनले गरेका यी ‘कुकर्म’ सच्चिनुपर्छ

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 14, 2022 | 02:41:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको एउटा कार्यक्रममा उद्योगी किरणप्रकाश साखःले बजेटका कारण उद्योगीहरुले सरकार र जनार्दन शर्माका नाममा ‘सुसाइट नोट’ लेखेर आत्महत्या गर्नुपर्ने अवस्था आएको गुनासो पोखे । 

जनार्दन शर्माले बजेटमार्फत ठूला र सिमित उद्योगीहरुलाई मात्रै पोस्ने नीति लिएपछि एकातिर नीजि क्षेत्र विभाजित बन्यो भने अर्कातिर हजारौँले रोजगारी गुमाए । विशेषगरी साहिल अग्रवाल लगायतका केही ठूला भनिने उद्योगीहरुसँग साँठगाँठ गरेर जनार्दन शर्माले सिमिति ब्यापारिक घरानालाई मात्रै लाभ दिलाए । बजेटबाटै विभेदकारी नीति ल्याएपछि मोरङसहित औद्योगिक क्षेत्रका उद्योगीहरु सडकमै ओर्लिए ।

यति मात्रै होइन, बजेट निर्माणका क्रममा अनधिकृत पात्रलाई प्रवेश गराएको भन्दै कटु आलोचना भएपछि उनले पदबाटै राजीनामा समेत दिनुपर्यो । हाल पनि उनीमाथि संसदीय छानबिन समितिले छानबिन गरिरहेको छ ।

डण्डी उद्योगीमाथि ‘डण्डा प्रहार’

जनार्दन शर्माले केही उद्योगीलाई मात्रै फाइदा पुग्ने गरी स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिए । तर, बिलेट आयातमा भन्सार र अन्तःशुल्क उच्च दरमा लगाईदिए । उनले फलामे डण्डीको कच्चा पदार्थ स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क  छुट गरे भने बिलेट्स आयातमा ४.७५ प्रतिशत भन्सार दर कायम गरी भन्सार बिन्दुमा लिइँदै आएको प्रतिमेट्रिक टन २ हजार ५ सय रुपैयाँ अन्तःशुल्कलाई बढाएर ३ हजार ५ सय रुपैयाँ पुर्याए ।

यस्तै, एकै प्रकृतिका वायर उद्योगको कच्चा पदार्थ एम एस वायरमा साविक ५ प्रतिशत भन्सार महसुललाई बढाएर १० प्रतिशत पुर्याइए । भन्सार बिन्दुमा लिइँदै आएको प्रति मेट्रिक टन २ हजार ५ सय अन्तःशुल्कलाई पनि बढाएर ४ हजार ५ सय रुपैयाँ पुर्याइदिए । 

यसले स्पञ्ज ल्याएर फलाम बनाउनेसँग बिलेट्स ल्याएर बनाउनेहरुले प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था आयो । फलस्वरुप ४ वटा उद्योग बन्द भईसकेका छन् भने केही बन्द हुने अवस्थामा छन् ।

प्याडमा प्रधानमन्त्री पुत्रलाई लाभ

स्वदेशी उत्पादनले नै बजारको माग धान्ने गरी आत्मनिर्भर भईसकेको सेनेटरी प्याड उद्योगलाई पनि जनार्दन शर्माले मास्ने नीति अगिंकार गरेका छन् । बहुराष्ट्रिय कम्पनीबाट उत्पादन हुने सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुट दिएर नेपाली उत्पादनले बजारमा मूल्यसँग प्रतिस्पर्धा गर्नै नसक्ने अवस्था जनार्दन शर्माले बनाईदिए ।

नेपालमा रहेका करिब ४० वटा सेनेटरी प्याड उद्योगले वार्षिक ९० करोड पिस प्याड उत्पादन गर्ने क्षमता राख्छन् । हाल खपत वार्षिक ३० करोड पिस मात्रै छ । 

तर, जनार्दन शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरको कम्पनीलाई फाइदा पुग्ने गरी सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुटको व्यवस्था गरिदिए । जसले गर्दा ६ अर्ब रुपैयाँ लगानी भएका नेपालका सेनेटरी प्याड उद्योगहरुमा रुवाबासी छ ।

विद्युतीय गाडीमा कर

बिजुलीको खपत बढाउने र पेट्रोलियम पदार्थको आयात क्रमशः घटाउने भन्दै आएको सरकारकै अर्थमन्त्रीले बिद्युतीय सवारीमा भारी मात्रामा कर लगाउने नीति लिए । 

इलेक्ट्रिक भेहिकलमा विगतमा १० प्रतिशत मात्रै कर लाग्दै आएकोमा अहिले १ सय वाटभन्दा बढी इन्जिन क्षमता भएका यस्ता गाडीमा भन्सार र अन्तःशुल्क ६० प्रतिशतसम्म पुर्याइएको छ । यसले बिजुलीको खपत बढाउने सरकारी लक्ष्यमै जनार्दन शर्माद्वारा प्रहार भएको भन्दै आलोचना भईरहेको छ । 

१ सयदेखि २ सय किलोवाट सम्मका विद्युतीय गाडीलाई ३० प्रतिशत, २ सयदेखि ३ सय किलोवाट सम्मका गाडीलाई ४५ प्रतिशत र ३ सय किलोवाटभन्दा माथि इन्जिन क्षमता भएका सवारीलाई ६० प्रतिशत अन्तःशुल्क लगाइएको छ  । 

भन्सारतर्फ पनि १ सयदेखि २ सय किलोवाट सम्मका सवारीमा १५ प्रतिशतबाट बढाएर ३० प्रतिशत, २ सयदेखि ३ सय किलोवाट सम्मका गाडीमा ३० प्रतिशतबाट बढाएर ४५ प्रतिशत र ३ सय किलोवाटभन्दा माथि क्षमता भएका सवारीमा ४० प्रतिशतबाट बढाएर ६० प्रतिशत बनाईएको छ । 

यसो हुनुमा चौधरी ग्रुपको हात रहेको बताइन्छ । चौधरी समूहले नेपालमा हालै मात्रै (१ सय वाटभन्दा कम क्षमता ‘नेटा भी’ विद्युतीय गाडी सार्वजनिक गरेको छ । 

यद्यपी, सर्वोच्च अदालतले तत्काल यो निर्णय लागू नगर्न आदेश दिएको छ ।

घ्यू तेल उद्योगहरु गम्भीर मर्कामा

वनस्पति घ्यू तेल उत्पादक उद्योगहरु बजेटकै कारण गम्भीर मर्काका पर्न थालेका छन् । भारतले कच्चा खाने तेलको भन्सार महशुल शून्य प्रतिशतमा झार्दै ५ प्रतिशत मात्र जीएसटी कायम गरिरहको बेला नेपालमा भने यस्तो कच्चा खाने तेलको आयातमा भन्सार महशुल १० प्रतिशत र मूल्य अभिवृद्धिकर १३ प्रतिशत लगाईएको छ ।

यति मात्रै नभई, उद्योगहरु आफैँले आफूलाई चाहिने जति तेल आयात गर्न पाउने व्यवस्था पनि जनार्दन शर्माले गरिदिए । चाउचाउ, बिस्कुट जस्ता उद्योगले प्रशोधित पाम र पामोलिन तेल आयात गर्न ५ प्रतिशत मात्रै भन्सार लाग्ने व्यवस्था ल्याईदिए । तर, तेल उद्योगहरुले ल्याउने कच्चा पदार्थमा १० प्रतिशत भन्सार महसुल लाग्ने छ । 

जसले गर्दा नेपालका उद्योगहरु थप मर्कामा पर्ने भएका छन् । यस सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले बजेट सच्याएर मात्रै नपुग्ने भन्दै वनस्पति घ्यू तेलको कच्चा पदार्थ आयातमा भन्सार महसुल शून्य गर्नुपर्ने माग समेत गरेका छन् ।

साहिल अग्रवाल लक्षित होटलले गाडी ल्याउँदा भन्सार छुट

जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि गत भदौ २५ गते प्रतिस्थापन बजेट ल्याए । उक्त बजेटमार्फत सबैभन्दा बढी फाइदा पाएको ब्यापारिक घराना हो शंकर ग्रुप ।

सोही बजेटमार्फत शर्माले साहिल अग्रवाललाई नै प्रत्यक्ष फाइदा पुग्ने गरी १० वटासम्म गाडी खरिदमा १ प्रतिशत मात्रै भन्सार लाग्ने नीति ल्याईदिएका थिए । 

प्रतिस्थापन बजेटमा अर्थमन्त्रीले २०८२ सालसम्म सञ्चालनमा आउने गरी निर्माणाधीन होटल तथा रिसोर्टलाई सवारीसाधन आयातमा भन्सार महसुलमा छुटको व्यवस्था गरिदिएका थिए । यसको प्रत्यक्ष लाभ साहिल अग्रवालको ‘होटल हिल्टन’ लाई भएको छ । किनकी, शंकर ग्रुपको जगदम्बा हस्पिटालिटीले नक्सालमा ८ अर्ब लगानीमा ५ तारे ‘होटल हिल्टन’ बनाउँदैछ । यसको अध्यक्ष साहिल अग्रवाल नै हुन् । 

यस विषयमा त्यतिबेला कुरा उठ्दा रोजगारी सिर्जना गर्ने कम्पनीहरुलाई सहुलियत दिनुपर्छ भनेर यस्तो व्यवस्था गरिएको दाबी शर्माले गरेका थिए । तर, २०८२ साल सम्ममा सञ्चालनमा आउन सक्ने र ५ अर्ब बढी लगानी गर्ने गरी निर्माण सुरु गरिएका अरु होटल छैनन् । जसले गर्दा उक्त नीति अर्थमन्त्री शर्माले साहिल अग्रवालकै लागि ल्याएका थिए भन्ने पुष्टि हुन्छ ।


बिजपाटीले यस सम्बन्धमा लेखेका समाचारहरु पढ्नुहोस्ः

-अर्थमन्त्री शर्माले बजेटमार्फत साहिल अग्रवालको समूहलाई दिए गजबको उपहार 

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

-दोस्रो बजेटमा पनि कर छुटको नाममा अर्थमन्त्रीको ब्रह्मलुटस् दुई व्यापारीलाई २ अर्ब छुट

-अर्थमन्त्रीको निर्णयले नेपालले करोडौं राजस्व गुमायो, फाइदामा ६ भाई

जनार्दनको प्रतिस्थापन बजेटको प्रतिफलः फलामे डण्डीको भाउमा ‘रेकर्ड ब्रेक’

साहिल अग्रवालको समूहलाई पोस्न अर्थमन्त्रीले कर्मचारी र उद्योगीलाई यसरी ढाँटे

अग्रवाल समूहलाई पोसेर ‘पैसा कुम्ल्याउदै’ अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले स्वास्थ्य र सुरक्षाको लागि घातक प्रविधि छोड्न मानेनन्, कसको छ स्वार्थ ? 

-  जगदम्बाको गुणस्तरहीन डण्डी फिर्ता, बनिसकेका घरको जिम्मा कसले लिने ?

गुणस्तरहीन डण्डी उत्पादन गरेको विशाल ग्रुप स्पष्टिकरण बुझाएर पन्छिँदै 

-  जगदम्बाका ३ सय टन डण्डी गुणस्तरहीन, उत्पादन इजाजत रद्द

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved