मौद्रिक नीतिले तरलतामा चाप र ब्याजदर वृद्धि हुन्छ - राणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 06:51:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष भवानी राणाले आज ल्याइएको मौद्रिक नीतिले बजारमा अझै तरलताको चाप पर्ने र ब्याजदर बढ्ने टिप्पणी गरेकी छन् ।

राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सार्वजनिक गरेको मौद्रिक नीतिमाथि टिप्पणी गर्दै उनले सीआरआर ३ प्रतिशत बाट ४ प्रतिशत हुँदा समग्र बैंकिङ प्रणालीबाट करीब ५० अर्ब ऋण दिने क्षमता कम हुने र बजारमा तरलताको चाप पर्ने बताएकी हुन् ।

घरजग्गा धितो कर्जामा गरिएको हेरफेरले रियल स्टेटमा असर पर्ने उनको भनाइ छ । 'घर जग्गा धितो कर्जा काठमाडौ उपत्यकामा बजार मूल्यको ४० प्रतिशतबाट तीस प्रतिशत र उपत्यका बाहिर ५० प्रतिशतबाट ४० प्रतिशत पुर्याईएको छ । जसले गर्दा रियल स्टेटमा असर गर्ने देखिन्छ,' उनले भनिन्

यससँगै १२ दशमलव ६ प्रतिशत ऋणको वृद्धिदरको लक्षाले ऋणमा सकुचन ल्याउन सक्ने उनको भनाइ छ ।

उनले आज आएको नीतिले शेयर बजारमा कुनै तात्विक अन्तर नहुने बताइन् । '१२ करोडको सीमा कायमै हुँदा पनि तरलताको अभाव ले शेयर बजार मा नकारात्मक असर पर्न सक्ने मेरो बुझाइ छ,' उनले भनिन् ।

राष्ट्र बैंकबाट बैंकहरुले लिने ऋण प्रतिशतबाट ८.५ प्रतिशत पुर्याउने नीतिले बेस रेटमा असर पर्न गई ब्याजदर केही मात्रा बढ्ने उनको भनाइ छ

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved