मौद्रिक नीतिबारे लघुवित्त संघ: कसिलो नीति आउँदापनि लघुवित्तलाई ठुलो राहत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 07:10:09 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले कसिलो नीति आउँदा पनि लघुवित्तलाई राहत दिने मौद्रिक नीति आएको प्रतिकृया दिएका छन्। 

उनकाअनुसार लघुवित्तले अगाडी सारेका दुई महत्त्वपूर्ण बिषयमध्ये स्रोतको व्यवस्थापन र यसको लागतलाई राष्ट्र बैंकले मौद्रिक नीतिमा सम्बोधन गरेको छ। 

 "पूंजीकोष बराबरको ऋणपत्र ल्याउन दिने र बैंकले लघुवित्तलाई दिने कर्जाको ब्याजमा आधार दरमा दुई प्रतिशत प्रिमियम थप्न पाउने व्यवस्था लघुवित्तका लागि धेरै सकारात्मक कुरा हो।" उनले भने, "तर कथमकदाचित आधार दर नै १२-१३ प्रतिशत पुग्यो भने त्यसमा प्रिमियम २ प्रतिशत थप्दा यसले लघुवित्त बाँच्न नसक्ने अवस्था आउँछ, यसमा केहि थप सम्बोधन हुन्छ भन्ने अपेक्षा गरेका छौँ।"

लघुवित्तहरुलाई पूंजीकोष बराबरको ऋणपत्र ल्याउन दिँदा यसले २५-३० अर्ब रुपैयाँ बराबरको लगानीको स्रोत थपिने उनको भनाई छ। 

समग्रमा मौद्रिक नीति कसिलो आएपनि लघुवित्तका लागि सकारात्मक नै रहेको उनको भनाई छ।    


  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved