साना सेयर लगानीकर्ताको पक्षमा मौद्रिक नीति, ठुलालाई भन्दा सस्तो ब्याजमा ऋण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 22, 2022 | 07:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

बहुप्रतिक्षित मौद्रिक नीति साना सेयर लगानीकर्ताको पक्षमा आएको आम सर्वसाधारण तथा सरोकारवालाहरुको बुझाई रहेको पाइएको छ। मौद्रिक नीतिमा भएको २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको जोखिम भार एक सय राख्ने र त्यसमाथिको कर्जाको जोखिम भार डेढ सय प्रतिशत राख्ने व्यवस्था बिशेषगरि साना सेयर लगानीकर्ताको पक्षमा रहेको उनीहरुको भनाई छ। 

जोखिम भार एक सय राख्ने मौद्रिक नीतिको व्यवस्थाले २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जाको ब्याज पनि तुलनात्मक रुपमा कम हुने अवस्था आउने भएकाले यसले सकारात्मक प्रभाव पर्ने बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यानको भनाई छ। 

उनि भन्छन, "सेयर धितोकर्जामा लागू गरिएको ४ करोडसम्मको न्युनतम सिमा हटाएर १२ करोडसम्म गरिनु सकारात्मक बिषय हो, त्यसमाथि २५ लाखसम्मको कर्जामा जोखिम भार एक सय तोकिनु थप सकारात्मक कुरा हो।"

यस नीतिले बिशेष गरि साना सेयर लगानीकर्तालाई उर्जा दिने उनको भनाई छ। 

एक बैंकका सीईओकाअनुसार २५ लाखसम्मको सेयर धितो कर्जामा जोखिम भार एक सय राखिएकाले बैंकहरु पनि यस प्रकारको सेयर धितोकर्जा जारी गर्नलाई प्रोत्साहित हुन्छन्। 

जोखिम भार कम हुने बित्तिकै लागत पनि कम हुने भएकाले २५ लाखसम्मको सेयर धितोकर्जा र त्यस माथिको सेयर धितोकर्जाको ब्याजको दर पनि फरक पर्ने उनले बताए। 

शेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि सेयर धितो जस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने मौद्रिक नीतिको व्यवस्थाले आगामी दिनमा नेपाल राष्ट्र बैंक यस बिषयमा पनि सकारात्मक देखिएको संदेश दिएको छ। 

   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved