नेपालमा २ वटा स्टक एक्सचेन्ज आवश्यक छैन, लगानीकर्ता अत्याधिक ठगिन्छन् : डा. चिरन्जीवी नेपाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 09, 2022 | 02:41:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका पूर्व अध्यक्ष डा. चिरन्जीवी नेपालले नेपालमा अर्को स्टक एक्सचेन्जको आवश्यकता नभएको बताएका छन् । उनले शेयर कारोबारको लागि अर्को स्टक एक्सचेन्ज आउँदा ब्यापक चलखेल हुने र साना लगानीकर्ता ठगिने र फस्ने बताएका हुन्।  

बिजपाटीसँग कुरा गर्दै उनले संसारमा भएका स्टक एक्सचेन्जहरु समेत मर्ज हुदै गईरहेको समयमा नेपालमा  अर्को स्टक खोल्नु गलत हुने बताए । छिमेकि मुलुक भारतमा समेत केहि समय अघि १६-१७ वटा स्टक एक्सचेन्ज रहेकोमा अहिले मर्ज भएर २ वटा मात्र कायम भएको उदाहारण दिदै उनले नेपालमा दोस्रो स्टक एक्सचेन्जको आवश्यकता नै नरहेको बताए । 

उनले प्रश्न गर्दै भने ' नेपाल भन्दा भारतमा कैयो गुणा बढी कारोबार हुन्छ, धेरै गुणा बढी कम्पनी छन् , त्यहाँको जनसख्या १ अर्ब २० करोड छ, त्यत्रो जनसंख्या र कारोबार हुने ठाउँमा जम्मा २ स्टक एक्सचेन्जले पुगेको छ भने ३ करोड हाराहारीमा जनसंख्या भएको हाम्रो देशमा किन २ वटा स्टक एक्सचेन्ज चाहियो ?' 

मूल्यमा एक रुपता आओस्, लगानीकर्ता नठगीउन्, अत्यत्नै पारदर्शी प्रक्रियाबाट मूल्य निर्धारण होस्, सबै लगानीकर्तालाई सहज रुपमा सूचना होस् भनेर संसारभर स्टक एक्सचेन्ज नै मर्जरमा जाने गरेको उनको भनाई छ । हाम्रो जस्तो सानो अर्थतन्त्र भएको देशमा अर्को स्टक हानिकारण उनी बताउछन् । अहिले भएकै स्टक एक्सचेन्जलाई निजीकरण गर्नु पर्ने, आधुनिकीकरण गरेर जानु पर्नेमा अर्को स्टक खोल्दा साना लगानीकर्ता ठगिने उनले बताए । \

नेपाल रश्र्ता बैंकका पूर्व गभर्नर रहेका डा. नेपालले २ वटा स्टक हुँदा साना लगानीकर्ता ठगिने, मूल्यमा स्थिरता नहुने, नेपालको स्टक एक्सचेन्जमा विश्वास नहुने, एनआरएन नै नेपालको स्टकमा लगानी गर्न नआउने जस्ता समस्या हुने बताए । 

उनले भने 'एकातिर सुचिकृत हुँदा भने जस्तो भएँन भने अर्को तिर गएर सुचिकृत भएर बढी नाफा लिन खोज्ने हरु हुन्छन्, यसो गर्दा बढी चलखेल हुन्छ'। उनले अहिले अर्को स्टक एक्सचेन्जको लाईसेन्स दिए पनि २ वटा लाई मर्ज गर्नु पर्ने अवस्था आउने दाबी गरे । पछि मर्ज गर्नु भन्दा अहिले भएकै स्टकलाई निजीकरण गर्नु पर्ने उनको भनाई छ । 

ब्रोकरहरु पनि थप्नु गलत रहेको उनले बताए । आवश्यक पर्दा सब ब्रोकर कन्सेप्टमा जानु पर्ने तर अहिले जो कोहिलाई पनि ब्रोकर लाईसेन्स दिनु नहुने उनी बताउछन् । लगानीकर्ताहरु प्रत्यक्ष रुपमा ब्रोकरहरु नै जोडिने हुँदा परिक्षा बिना ब्रोकर लाईसेन्स कुनै पनि हालतमा दिन नहुने उनको तर्क छ । ब्रोकरको नयाँ लाईसेन्स दिए पनि पहिलेको जस्तै परिक्षा दिएर अत्यन्तै योग्यलाई मात्र लाईसेन्स दिनु पर्ने उनी बताउछन् । संसारभर ब्रोकर लाईसेन्स दिंदा परिक्षा लिने प्रचलन रहेको र नेपालमा पनि अन्तराष्ट्रिय अभ्यास अनुसार नै हुनु पर्ने उनको भनाई छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved