ब्याजदर बढाउने नीति अल्छी तरिका हो, यसले अर्थतन्त्र चौपट हुन्छः पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2022 | 02:33:09 PM मा प्रकाशित

laxmi  sunrise bank

पुर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले तरलता व्यवस्थापन गर्नलाई नेपाल राष्ट्र बैकले लिएको नीतिप्रति असन्तुष्टि जनाएका छन्। तरलता अभाव हटाउन राष्ट्र बैंकले लिएको नीति दुई धारे तलबार जस्तो भएको र यसले अर्थतन्त्र थप बिग्रिने उनले बताएका छन्। 

ब्याज बढाउने र माग नै घट्दा प्रणालीमा पैसा जम्मा हुन्छ भन्ने उदेश्यले ल्याइएको नीति दुईधारे तलबारको जस्तो भएको भन्दै यस नीतिले अर्थतन्त्र झनै चौपट हुने उनले बताएका छन्। बढ्दो ब्याजका कारण अर्थतन्त्र डिप्रेशनमा जान सक्ने सम्भावाना भएकाले राष्ट्र बैंकले अनावस्यक क्षेत्रमा जाने लगानी रोकेर अतिआवश्यक क्षेत्रमा मात्र लगानी बढाउनुपर्ने उनले सुझाव दिएका छन्। 

"पुंजीको उपलब्धता बढाउने र ब्याजदर घटाउने नीति लिएर अहिलेको तरलतमाथि परेको दबाब हटाउन सकिन्छ" उनले भने, "होइन भने, ब्याजदर बढाउने नीति अल्क्षी तरिका हो, ब्याजदर बढाएपछि लागत बढ्छ, लागत बढेपछि व्यवसायीले व्यवसाय घटाउछन् र यस्तो भएपछि प्रणालीमा पैसा आउँछ भन्ने सोच नै गलत हो।"

पुंजी उपलब्ध गराएर केहि क्षेत्र चलायमान बनाउनुपर्नेममा उल्टै ब्याजदर बढाउने नीति समय सान्दर्भिक नभएको समेत उनले बताए। 

बिजपाटीले ग्राउण्ड जिरो रिपोर्टिङका लागि चितवनको भण्डारास्थित उनकै घरमा पुगेर राष्ट्र बैंकले लिएको नीतिबारे उनको धारणाबारे सोधेको प्रश्नको जवाफमा पाण्डेले यस्तो बताएका हुन्। पाण्डेले नेकपा एमालेको तर्फबाट चितवन क्षेत्र नम्बर एकबाट प्रतिनिधिसभाको लागि उम्मेद्वारी दिएका छन्। 

यो पनि - 

चितवन-१ ग्राउण्ड जिरो : एमालेको विरासत जोगाउन सजिलो छैन पूर्वअर्थमन्त्री पाण्डेलाई

- प्रतिस्पर्धीहरूमाथि पूर्वअर्थमन्त्री पाण्डेको टिप्पणी – लड्छु भनेर आउनेहरू सबैलाई वेलकम छ [भिडियो]

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved