गणतान्त्रिक नेपालको प्रथम निर्वाचनको नक्सामा आधारित परिणाम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2022 | 02:49:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्टोग्राफर रमण दाहाल

नेपालमा बि.सं.२०४६ सालमा पञ्चायती व्यावस्था अन्त्य भै वहुदलिय प्रजातन्त्र स्थापना भएतापनी सो व्यावस्थाले जनताका आवस्यक्ता सम्वोधन हुननसकेकोले बि.सं.२०६३ को अन्त्यमा १० बर्ष जनबिद्रोहमा लागेको नेकपा माओवादी र सरकारमा रहेका ७ दलको संयुक्त आन्दोलन बाट नेपालमा गणतन्त्र स्थापना भै संम्विधान निर्माणका लागी २ पटक निर्वाचन भै बि.सं.२०७२ मा नया“ सम्विधान जारी भएपछिको प्रथम निर्वाचन बि.सं.२०७४ सालमा सम्पन्न भएको थियो ।

संविधान जारी भएपछि असहमती जनाउदै तराईवासी दलहरुले महिनौ देशमा आपुर्ती ठप्प पारी आन्दोलन गरेकोले जनजिवन अस्तव्यस्त थियो भने सरकार संचालनमा रहेका दलहरुविच आपसी असहमती भै के.पी.ओली नेतृत्वको सरकार असफल भै नेपाली कंग्रेस र नेकपा माओवादीको आलोपालो सरकार बनेकोथियो । सोहि सरकारले स्थानिय निकायको प्रथम निर्वाचन सम्पन्न गरेतापनी गठबन्धनमा रही संघिय निर्वाचनमा सिट बाँडफाँडमा समझदारी नभएकोले सरकारमा साझेदार नेकपा माओवादी र तत्कालिन प्रतिपक्षी नेकपा एमाले बिच ६० र ४० प्रतिशत सिटमा समझदारी भैनिर्वाचनमा सहभागी भएका थिए ।

एकातिर बाम गठबन्धन भएकोले अर्कोतर्फ नेपाली कांग्रेसले पनि राप्रपा संग गठबन्धन गर्यो भने तराई केन्द्रीत दलहरु संघिय समाजवादी फोरम र राष्ट्रिय जनतान्त्रीक पार्टी बिच गठबन्धन भै निर्वाचन सम्पन्न भयो । देशभर प्रतक्षतर्फ १६५ निर्वाचन क्षेत्र रहेको सो निर्वाचनमा नेकपा एमालले ८० सिट, नेकपा माओवादीले ३६ सिट र नेपाली कांग्रेसले २३ सिटमा विजय हासिल गर्यो भने राजपाले १०, संसफोले ९ तथा अन्य दलहरुले ५ सिट जितेका थिए । भारी वहुमतका साथ संसफो समेत सहभागी भै बनेको सरकारबाट उपेन्द्र यादव बाहिरियपछि आन्तरिक विवादमा फसेको सरकार ३० महिना नपुग्दै अस्थिर भयो र बि.सं. २०७८ पौष ५ गते संसद विघठन गरी ताजा जनादेश लिन राष्ट्रपती समक्ष पेस गरेपछी सरकारमा सहभागी मन्त्रीहरु २ धारमा विभाजित भै राजीनामा दिए र नेकपा एमाले तथा नेकपा माओवादी बिच एकीकरण हुननपाउदै अलग हुनुपर्ने अवस्था आयो ।

जनताले स्थाई सरकारको लागी दिएको जनादेसको पालना भएन र कानुनी झमेला सुरु भयो एकअर्काविच वाद प्रतिवादको अवस्थामा दोस्रो पटक संसद विघटनको सिफारिस भयो र सो निर्णयको विरुद्धको रिटनिवेदनको सिलसिलामा सर्वोच्च अदालतले सरकारलाई समय तोकी हट्न निर्देशन दिएकोले नेकपा एमाले विरोधी दलहरु मिली पुराअवधी सरकार संचालन गरी गत बैसाख ३१ गते स्थानिय तहको निर्वाचन सम्पन्न गरी आगामी मंसिर ४ गते संघिय र प्रादेशिक निर्वाचन हुदैछ ।

गत बि.सं.२०७४को संघिय निर्वाचनको परिणाम नक्सामा आधारित बनाईएमा सर्बसाधारणले देशको कुन ठाउँमा आफुले हेर्न चाहेको हो सो निर्वाचन क्षेत्रमा कस्ले विजय हासिल गर्यो प्रष्ट हेर्न सक्दछन भने राजनितीमा सम्लग्न दलहरुलाई पनि आफ्नो रणनिती बनाउन यो प्रविधी उत्कृष्ट हुन्छ नै । नक्सामा विजयी पार्टीको चिन्ह राखिएको र ७ वटै प्रदेशको तालिकामा विजयी उम्मेदवारको विवरण उल्ले भएकोले पाठकवर्गले बिस्तृत जानकारी छिटो र सरल रुपमा पाउनेछन् । नक्सा अध्ययन गर्न चाहने विषयगत पाठकवर्गलाई भौगोलिक जानकारीको लागी माननाप तथा अक्षंस तथा देशान्तर नक्सामा देखाईएको छ । नक्सामा आधारित आगामी निर्वाचनको आंकडा तयार गरिएको भएतापनी निर्वाचन आचार संहिताविपरित हुने देखिएकोले यो आंकडा हाल प्रकासित गरिएन तैपनि यस्को विश्वसनियता परिक्षण निर्वाचन पछि गरिने छ । नक्सामा आधारित निर्वाचन परिणाम पहिलो प्रयास भएकोले सम्वन्धित बिषेशज्ञ, राजनितीकर्मी लगाएत नया“सोच भएका पाठकवर्गमा प्रतिकृयाको लागी आग्रह गरिन्छ र उचित सुझावको कदर गरिन्छ ।

नक्सामा आधारित परिणाम तल हेर्न सकिन्छ । यस PDF फाइललाई छुट्टै ट्याबमा खोलेर जुम गरेर हेर्दा थप प्रष्ट देखिने छ । साथै डाउनलोड गरेर जुम गरेर हेर्दा विजयी उम्मेदवारको नाम सहित थप प्रष्ट देखिन्छ । साथै नक्सा मै विजेताको निर्वाचन चिन्ह समेत राखिएकोले अक्षर पढ्न नजान्नेले समेत सहजै कहाँ कसले जितेको छ भनेर थाहा पाउँन सक्ने छन् । 


यस पटकको चुनावको पूर्वानुमान

संघिय र प्रादेशिक निर्वाचनमा सहभागी गठबन्धन दलहरु र तिन्का साझेदारहरु विच पनी भोट ईमान्दारीका साथ दिन लगाउन कार्यकर्ता लागी परेका छन भने अर्कोतिर गत स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका मेयरहरुको सफलता बाट उत्साहित समाजमा केहि योगदान भएका नागरिकहरु स्वतन्त्र रुपमा उम्मेदवार बनेर प्रचार गरी रहेका छन । यसैक्रममा अब के हुने हो ? भनी जनताहरु गाउँ, टोलका चियापसलहरुमा गफिदैछन भने शिक्षित प्रौडहरु, युवाहरु, विदेशमा परिवार रहेका आफन्तहरु साच्चै अव चै देशविकास गर्ने नेताहरु चुन्ने आसामा छन् ।

ईतिहासमा भएको घट्नाहरुको वारेमा सहि तथ्यहरु सबैलाई आवस्यक परेको बेलामा खोजीहुने रहेछ तसर्थ गत निर्वाचनमा कुन निर्वाचन क्षेत्रबाट कुन दलले कती मतले विजय हासिल गर्यो ? सो निर्वाचनमा के के कमजोरी भयो ? अब कस्तो रणनिती बनाउने भन्ने सम्बन्धमा निर्वाचनमा सहभागी दल तथा उम्मेदवारहरुलाई विगतका घटनाको विवरण अवस्य पनी चाहिएको होला । यस्ता विवरणहरुको सम्बन्धमा निर्वाचन आयोग तथा अन्य संचारमाध्याममा प्रकाशित विवरण प्रष्ट बुझ्ने खालको नभै बिस्तृत अध्ययन पछिमात्र बुझिने भएकोले नक्सामा आधारित निर्वाचन प्रणालीको डिजाईन गरिएको छ । हजारौ पुस्तकहरुको सार एउटै नक्सामा आबद्ध गरी प्रस्ट्याउन सकिने हु“दा यो डिजाईनको अध्ययन गरेमा आफ्नो देशको भौगोलिक अवस्था पनी जानकारी हुन्छ जस्ले गर्दा आगामी परिणाम सजिलै ज्ञात हुन्छ ।

गत निर्वाचनमा गठबन्धनका कारण जनाधार भएका नेताहरु पनि पराजय भएका थिए भने यस निर्वाचनमा सुरक्षित हुन निर्वाचन क्षेत्र परिवर्तन गरेर पनी मैदानमा २ पुर्वप्रधानमन्त्री छन्। वागमती प्रदेशबाट गण्डकी प्रदेशको गोर्खा २ मा पुष्पकमल दाहाल प्रचण्ड तथा मधेस प्रदेशको रौतहट १ मा प्रतिस्पर्धा गर्न गर्न माधवकुमार नेपाल छन् । त्यसै बि.सं.२०४८ देखी लगातार चुनावी मैदानमा रहेका पुर्वप्रधानमन्त्रीहरु ईलामबाट झलनाथ खनाल र झापा ५ बाट के.पी. ओली आफ्रनै साविकको क्षेत्रबाट तथा वाहालवाला प्रधानमन्त्री पनी चुनावी मैदानमा छन्। स्थानिय तहको वडामा पाएको मतको आधारमा हेर्दा ५ जना पुर्वप्रधानमन्त्रीहरु सुरक्षित देखिन्छन् । 

पूर्वसभामुख कृष्णबहादुर महरा, सभामुख अग्नीप्रसाद सापकोटा तथा पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईले मैदान छाडे। पूर्वसभामुख सुवाचन्द्र नेम्वाब साविकको क्षेत्रमा र ओनसारी काठमाण्डौ २ बाट मैदानमा रहेतापनी विजयी हुन कठिन देखिन्छ । विगतमा विभिन्न मन्त्री भई उपप्रधानमन्त्री भएका जसपाका अध्यक्ष उपेन्द्र यादव गठबन्धन परिवर्तन गरी साविककै चुनावी मैदानमा छन् भने जनता पार्टीका अध्यक्ष सि.के.राउत पनी सोही क्षेत्रमा प्रतिश्पर्धी छन् । त्यसैगरी जनता प्रजातन्त्र पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी नवलपरासी १ बाट मैदानमा भएपनी उनीहरुलाई विजयहुन कठिन देखिन्छ । एमालेसंग गठबन्धनमा आबद्ध भै विजयी राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङदेन  राप्रपाका अध्यक्ष भए र साविककै क्षेत्रबाट मैदानमा रहेको र गठबन्धनमा आबद्ध भएकोले विजयी हुने देखिन्छ ।

पूर्वउपप्रधानमन्त्री.भिम रावलले पार्टीको टिकट नपाएकोले मैदानमा छैनन् भने अर्का नेता घनस्याम भुसाल तथा प्रभु साह गठबन्धनको सहयोगमा स्वतन्त्र भै चुनावी मैदानमा हुनुहुन्छ र विजय सम्भव छ । पूर्वउपप्रधानमन्त्रीहरुमा प्रकासमान सिंह, कमल थापा, चित्रबहादुर के.सी., राजेन्द्र महतो, रघुबिर महासेठ, बिष्णुप्रसाद पौडेल पनि चुनावी मैदानमा छन्,  यि मध्ये चित्रबहादुर के.सी. र बिष्णुप्रसाद पौडेलको अवस्था सकारात्मक भएतापनी अरु ४ जनाको अवस्था सहज छैन । नेपालमा रहेका स्थापित पार्टीहरुले राजनितिक मुद्धा हल गरेतापनी विकासमा चासो नदिएको, बुढा हुदापनी आफै नेता बनेर युवाहरुलाई अघि बढ्न नदिएको, बालेन साह तथा हर्क साबपाब जस्ता मेयरहरुले केहि गर्न खोज्दा आफ्ना पार्टीका वडाअध्यक्षहरु मर्फत काम गर्न नदिएको, कार्यकर्ता उचाली विवादमा उतारेको तथा सारिरिक हमलाको धम्की दिएको जस्ता आरोप सहित धेरै युवाहरु स्वतस्फुर्त चुनावी मैदानमा होमिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी खोलेर चितवन २ बाट चुनावी मैदानमा रहेका अध्यक्ष रवी लामीछाने तथा देशभरका विभिन्न क्षेत्रबाट चुनावी मैदानमा रहेका उन्का समर्थकहरुको उपस्थीतीले उपत्यकामा युवाहरुको चुनाव प्रती रुची देखिन्छ भने विगतको आधार नभएको र हालै गठन भएकोले विजय हुने सम्भावनाको आंकलन गर्न कठिन भएपनि राष्ट्रिय दलमा स्थापित हुने देखिन्छ । विभिन्न पार्टीका सिर्श नेताहरुको बाहेक अरु नेताहरुको अवस्था प्रदेशगत रुपमा निम्न अनुसार देखिन्छ।

१ नं. प्रदेश

यस प्रदेशमा नेकपा एमालेका ११ जना, नेपाली काब्ग्रेसका ३ जना, नेकपा माओवादीका ३ जना तथा नेकपा समाजेवादीका १ जना गरी जम्मा १८ पुराना नेताहरु दोहोरिएका छन जसमध्ये १० जनाको स्थीती सुरक्षित देखिदैन । स्थानिय तहको वडामा पाएको मतको आधारमा समग्र क्षेत्रको आंकलन गर्दा ने.का.७ जना, नेकपा माओवादी ४ जना, नेकपा समाजवादी १ जना गरी ५ दलिय.गठबन्धन तर्फ १२ जना तथा नेकपा एमाले ५ जना, राप्रपा १ जना गरी ३ दलिय गठबन्धनतर्फ ६ जनाको विजयको सम्भावना देखिन्छ भने ने.का.का ४ जना तथा नेकपा समाजवादीका १ जना झिनो मतले अगाडी रहेकोले बा“की ५ क्षेत्रको तिब्र प्रतिश्पर्धा देखिन्छ ।

मधेस प्रदेश

यस प्रदेशमा नेकपा मओवादी तथा संसफोबाट प्रवेस गरेका १÷१ जना तथा नेकपा एमालेका २ जना साविकको ठा“उमा दोहोरिएका छन्, नेपाली कांग्रेस ३ जना, नेकपा माओवादीका २ जना, जसपाका का ६ जना तथा लोसपाका ४ जना गरी जम्मा १८ दोहोरिएका छन जसमध्ये गठबन्धन तथा बागी उम्मेदवारका कारण आंकलन गर्न कठिन भएतापनी समग्रमा ने.का.८ जना, नेकपा माओवादी ५ जना, नेकपा समाजवादी २ जना, लोसपा ३ जना गरी ५ दलिय.गठबन्धन तर्फ १८ जना तथा नेकपा एमाले ५ जना, जसपा ४ जना गरी ३ दलिय गठबन्धनतर्फ ९ जना, स्वतन्त्र १ जनाको विजयको सम्भावना देखिन्छ भने बा“की ४ क्षेत्रको तिब्र प्रतिश्पर्धा देखिन्छ ।

वागमती प्रदेश

काठमाण्डौ उपत्यकामा १४ सिट रहेको यस प्रदेशमा स्वतन्त्र उम्मेदवारको वाक्लो उपस्थीतीले चुनावी परिणामको आंकलन गर्न कठिन छ तैपनी भक्तपुर १ मा नेमकिपा तथा काठमाण्डौ ६ र १० ने.का. वाहेक अन्य क्षेत्रमा यसै भन्न सकिन्न । उपत्यका बाहिरका १९ क्षेत्रमा पनि स्वतन्त्रको प्रभाव छ तैपनी ८ वटामा ने.का., ५ वटामा नेकपा माओवादी र २ वटामा नेकपा समाजवादी सम्भावना देखिन्छ भने नेकपा एमालेको पनि उपत्यकामा ३ वटामा सम्भावना देखिन्छ भने बा“की १२ क्षेत्रको तिब्र प्रतिस्पर्धा देखिन्छ । 

गण्डकी प्रदेश

यस प्रदेशमा ७ वटामा ने.का., २ वटामा नेकपा माओवादी र २ वटामा नेकपा एमालेको तथा एउटा राजमोको विजय हुने सम्भावना देखिन्छ भने बाँकि ६ क्षेत्रको तिब्र प्रतिस्पर्धा देखिन्छ ।

लुम्विनी प्रदेश

यस प्रदेशमा ७ वटामा ने.का., ४ वटामा नेकपा माओवादी, एउटामा नेकपा समाजवादीको, एउटामा स्वतन्त्रको तथा ४ वटामा नेकपा एमालेको,एउटामा राप्रपा र एउटामा संसफोको विजय हुने सम्भावना देखिन्छ भने बाँकि ७ क्षेत्रको तिब्र प्रतिश्पर्धा देखिन्छ । 

कर्णाली प्रदेश

यस प्रदेशमा ३ वटामा ने.का., ५ वटामा नेकपा माओवादी, २ वटामा नेकपा समाजवादीको विजय हुने सम्भावना देखिन्छ भनेबा“की २ क्षेत्रको तिब्र प्रतिश्पर्धा देखिन्छ ।

सुदुरपश्चिम  प्रदेश

यस प्रदेशमा ७ वटामा ने.का., ४ वटामा नेकपा माओवादी, २ वटामा नेकपा समाजवादीको, एउटामा नाउपाको तथा एउटामा नेकपा एमालेको विजय हुने सम्भावना देखिन्छ भनेबा“की एउटा क्षेत्रको तिब्र प्रतिस्पर्धा देखिन्छ ।

माथि उल्लेखित विवरण कुनै अमुक ज्योतिसशास्त्र तथा मनगढन्ते आंकडा नभै हालै विभिन्न पत्रिकाहरुमा प्रकाशित विश्लेषण, बैसाख ३१ मा सम्पन्न स्थानिय तहको निर्वाचनमा वडाअध्यक्षहरुले प्राप्त गरेको मत तथा अघिल्लो पटक समानुपातिक मत परिणामको  आधारमा देखिएको मतभारलाई उम्मेदवार तथा भोटरहरुको मानसिकताको गहिरो अध्ययन पश्चात तयार गरिएको हो ।

२०७९ को अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सोहि मतपरिणाम पनि यसैगरि नक्सामा आधारित हुने गरि बिजपाटी मार्फत नै प्रकाशन गरिने छ ।

 [ यो लेख र नक्सा कार्टोग्राफर रमण दाहालले तयार पारेका हुन् , लेखमा प्रस्तुत विचार लेखकका निजि विचार हुन् । : सम्पादक] 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved