चालुपुँजी कर्जा मार्गदर्शनमा के के फेरियो ? हेर्नुस् बैंकर मनोज ज्ञवालीको १० बुँदे 'ब्रिफिङ'

मनोज ज्ञवाली

मनोज ज्ञवाली

Jan 04, 2023 | 05:38:04 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले चालू पुजी कर्जासम्बन्धी मार्गदर्शनमा परिमार्जन गरेको छ। परिमार्जन का प्रमुख १० बुंदाहरु निम्नानुसार छन्:

१. रु.१  करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको  २०% वा ४०% को अधिकतम सिमा नलाग्ने। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।

२.रु.१ करोड देखि रु. २  करोड सम्मको चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको  २५%  को सीमालाई ४०% को अधिकतम सिमा बनाईयो। बैक तथा बित्तीय संस्थाहरुले आफ्नो कर्जा नीतिको अधीनमा रही प्रवाह गर्न सक्ने।

३.रु २  करोड भन्दा बढि चालू पुँजी कर्जामा कारोबार वा बिक्रीको  २५%  को सीमा fluctuating working capital को लागी यथावत। Permanent working capital को लागी   कम्तिमा ५ बर्षको कर्जा प्रवाह गर्नुपर्ने नियमलाई ३ देखि १० बर्षको बनाईयो।

४. चालु पुजी को आबधिक सिमा निर्धारण गर्दा ५ बर्षको अनुमानित विवरण को सट्टा ३ बर्षको वित्तीय बिवरण  बिष्लेषण गर्ने गरी परिमार्जन गरियो। लेखापरीक्षण गरिएको ३ बर्षको विवरण यथावत।

५.  ५ करोड भन्दा बढि चालु पुजी कर्जा उपभोग गर्ने ऋणीले  चालु सम्पत्ति तथा दायित्व को मासिक विवरण पेश गर्नुपर्ने लाई त्रैमासिक र आन्तरिक लेखापरीक्षण गरेको विवरण त्रैमासिक पेश गर्नुपर्नेलाई अर्धबार्षिक बनाईयो।

६. कर्जा अधिकारीले चालू पूजी प्रमाणित गरि राख्नुपर्नेलाई विश्लेषण गरी राख्नुपर्ने अनी एकिन गर्नुपर्नेलाई निरिक्षण गर्नुपर्ने गरि व्यवहारिक बनाईयो।

७.एक पटक भन्दा बढि adhoc basis मा कर्जा आवश्यकता परेमा बैकको संचालक समितिबाट निर्णय गराई दिन सकिने व्यबस्था थप।

८.प्रत्येक त्रयमासमा अन्तिम महिनामा थप कर्जा सिमा प्रदान गर्न नपाईने तर नविकरण गर्न बाधा नपर्ने।

९.२०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पहिलोपटक पुनरावलोकन वा नवीकरण गर्दा fluctuating र permanent working capital मा बर्गिकरण गर्दा पुनर्तालिकीकरण वा पुनर्संरचनामा गणना नगरिने।

१०.२०७९/०७/०१ भन्दा पुर्व प्रदान गरिएको चालु पुजी कर्जा पौष मसान्त २०७९ बाट आधार लीई ६,६ महिनामा १०%, २०%, २०%, २०%,  ३०% गरी २०८२ असार मसान्तसम्म भुक्तानी गर्ने गरी आवधिक कर्जा शिर्षक मा परिवर्तन गरी चुक्ता गर्न पाईने।


मनोज ज्ञवाली नबिल बैंकका डेपुटी सीइओ हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved