संघर्ष राधाको, साथ ग्लोबल लघुवित्तको

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2023 | 09:25:39 PM मा प्रकाशित

laxmi  sunrise bank

“शैक्षिक बेरोजगारीहरुलाई काम नै छैन भने सीप भएकाहरुलाई फुर्सद नै छैन” भने जस्तै इच्छाशक्ति भएकी राधा जोशीको परिवारको कथा पनि त्यस्तै छ । राधा जोशीको परिवार बि.स. २०६६ सालमा बैतडी जिल्लाबाट कञ्चनपुर जिल्लामा सम्पतिको नाममा केहीपनि साथमा नलिई एउटा छोरीलाई काखमा च्यापी बसाई सरी आएका थिए। 

लगभग २ बर्ष माईती घरमा शरण लिएर बसेकी राधा जोशीले माइतीमै कान्छी छोरीको जन्म दिईन् । उनको श्रीमानले कहिले साइकलमा कुखुरा बेचबिखन गर्ने त कहिले कपडाको कारोबार गर्ने गर्दथे । 

ऐलानी जग्गामा ओत लाग्ने सानो टहरो बनाई बसेको देखेर मानिसहरुले मन्दिरमा त एउटा पुजारी अट्छ तर त्यहा“ भन्दा पनि सानो घर बनाएको भनी कुरा काट्ने गर्दथे । जेनतेन जोहो गरी भाडामा जग्गा लिएर कुखुरा फर्म संचालन गरेकी जोशीले पहिलोपटक नै कुखुरामा आएको रोगको कारणले करिब तीनलाख जति नोक्सानी बेहोर्नु परेको थियो । 

यो पिडा पश्चात उनकी  श्रीमानले साइकलमा कुखुरा तथा कपडाहरु बेच्न गाउ“ गाउ“ डुल्ने गर्न थाले । कारोबार गर्न आर्थिक अभावले असहज बनाउन सक्छ भन्ने कुरामा सजग रहेका उनको श्रीमानले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय आइबिआरडीबाट  आङ्खनो गाउ“घरमा संचालन गर्दै गरेको समूह निर्माणको तालिममा उनलाई सहभागी गराई सदस्य बन्न मञ्जुर गराए पश्चात २०७५÷०५÷२५ गते  शाखा कार्यालय आइबिआरडीमा सदस्यता लिइन । 

बिना धितो कर्जा पाइन्छ भन्ने सम्म नपत्याएकी जोशीले पहिलोपटक बिना धितो २०७५÷१०÷११ गते रु ६०,०००÷– कर्जा लिइन् । सो रकम उनले श्रीमानको ब्यापारमा लगाइन् । श्रीमानले बाइकमा व्यापार गर्ने काम गरे भने उनले १ वटा बाख्रा पनि सोही रकमबाट खरिद गरिन् । एकवटा बाख्राबाट दश पन्ध्रवटा सम्म बाख्रँ बनाउन सकिने कुरा थाहा पाएपछि उनीहरुले उन्नतजातको बाख्रा पाल्ने संकल्प गरेर उनले माहाराष्ट्रबाट ३ वटा बोयर जातका बाख्राको पाठा ३३०,०००÷– मा ल्याई आधुनिक बाख्रापालन संचालन गरिरहेका छन् । ग्लोबल आइएमई लघुवित्तबाट २०७७÷०६÷१३ गते रु ३००,००० (तीन लाख) बिना धितो कर्जा लिई खोर निर्माणमा लगानी गरेकी उनले पुःन २०७८÷०४÷१४ गते रु  ५००,०००÷– बिना धितो कर्जा कारोबार गरीे आधुनिक खोर निर्माण र दानामा खर्च गरेको बताउ“छिन । 

गत बर्ष ७० देखि ८० वटा सम्म बाख्रा पालन गरेकी जोशीसंग अहिले ४० बटा बाख्रा छन् । बाख्रापालनबाट बार्षिक ५÷६ लाख खुद नाफा आर्जन हुने गरेको उनी बताउ“छिन् । जोशी दम्पतीले बाख्राको लागी आवश्यक घा“स व्यवस्थापन गर्न जग्गा भाडामा लिई विभिन्न किसिमका घा“सहरु लगाएका छन् भने सोही आम्दानीले एक वटा भैंसी पनि पालेका छन् । 

उनको फर्ममा उन्नत जातका पाठा पाठीहरु खरिद गर्न ग्राहकहरु  टाढा टाढाबाट आउने गरेको बताउ“छिन् ।  बाख्रा पालन व्यवसाय वृद्धि तथा दाना खरिदको लागि २०७९÷०६÷३१ गते पुन रु ५००,०००÷– बिना धितो कर्जा कारोबार गरी नियमित किस्ता तिर्दै आएकी छन् । 

यसरी  बिगत ५ बर्ष देखि ग्लोबल आईएमई लघुवित्तमा आबद्ध भई पटक पटक बिना धितोकर्जा कारोबार गरिसकेकी उनि लघुवित्तलाई गरिबको उन्नतीको आधार रहेको बताउ“छिन् ।  आफ्नै रकम फिर्ता पाउनुपर्ने पैसा समेत फिर्ता पाउन गारो भएको अबस्थामा संस्थाले बिना धितो ५ लाख कर्जा दिन्छ होला भन्नेसम्म नपत्याएकी उनी ग्लोबल आइएमई लघुवित्तको सफल सदस्य हुन् । अहिले उनले आफ्नो छोरा छोरीहरुलाई शिक्षा स्वास्थ्य तथा आवश्यकता परिपूर्ति गर्न सकेकोमा आपूmमाथि गर्व गर्छिन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved