'राष्ट्रिय वाणिज्य बैंकले पनि मर्जरको लागि उपयुक्त रणनीति अगाडी बढाउनु पर्छ' : सीइओ श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2023 | 02:44:09 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको स्वागत मन्तव्य ।

सर्वप्रथम म यस बैंकले ५७ वर्ष पूरा गरी ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित आजको यस वार्षिकोत्सव समारोहमा यहाँहरु सबैप्रति बैंकको तर्फबाट हार्दिक स्वागत अभिवादन व्यक्त गर्न चाहन्छु ।

आज भन्दा ५७ वर्ष अगाडी आजकै दिन वि.सं. २०२२ साल माघ १० गते यस बैंकको स्थापना भएको थियो । तत्कालिन समयमा देशमा एउटा मात्र वाणिज्य बैंकको रुपमा नेपाल बैक लिमिटेड रहेको स्थितिमा देशको सम्पूर्ण क्षेत्रमा बैंकिङ कारोबार विस्तार गरी राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको पूर्ण स्वामित्व भएको बैंकको रुपमा यो बैंकको स्थापना भएको थियो । देशमा उद्योग, व्यापारको विस्तार र बैंकिङ चेतना अभिवृद्धि गर्न यस बैंकको महत्वपूर्ण भूमिका रहेको थियो । यो बैंक अगाडी बढ्ने क्रममा विभिन्न उतार चडावको स्थितिहरु सामना गर्नु परेको कुरा यहाँहरुमा विदितै छ । ५० को दशकको अन्त्यतिर आई पुग्दा बैंकको वित्तिय अवस्था र व्यवस्थापकीय क्षमतामा ठूलो ह्रास आयो । फलस्वरुप बैंकको पुनरोत्थानको निमित्त सरकारले वित्तिय क्षेत्र सुधारको कार्यक्रम अगाडी बढायो र यसै क्रममा विदेशी व्यवस्थापनको नेतृत्वमा केही वर्ष बैंक सुधारको कार्यक्रमहरु संचालन गरियो । फलस्वरुप वित्तिय क्षेत्रको सुधारको कार्यक्रमबाट बैंकले सकारात्मक परिणाम हासिल गर्यो। बैकको वित्तिय परिसूचकहरु र व्यवस्थापनमा उल्लेखनीय सुधार हुन गयो । बैंक सुधारको गतिलाई तत्पश्चातको नेपाली व्यवस्थापनले पनि निरन्तरता दिदै अगाडी बढायो । फलस्वरुप आजको दिनमा यो बैंक नेपालको बैंकिङ्ग क्षेत्रमा एउटा सवल, सुदृढ र अग्रणी स्थानमा रहन सफल बैंक बन्न पुगेको छ । आजको यस अवसरमा ती सम्पूर्ण अग्रजहरुलाई हृदय देखिनै स-सम्मान स्मरण गर्दै अभिवादन व्यक्त गर्न चाहन्छु ।

अब म बैंकको वर्तमान अवस्थाका बारेमा केही कुरा राख्न चाहन्छु । अहिले हाम्रो बैंक देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लाका सदरमुकाममा पुगेको छ । आजको दिनमा बैंक २६५ शाखा कार्यालयहरु, २६९ ATM, ५१ Extension Counter तथा १०२ BLB हरु मार्फत देश र नागरिकको सेवामा समर्पित रहेको छ । बैंकसंग कारोवार गर्ने कुल ग्राहकको संख्या ३८ लाख ६१ हजार पुगेको छ भने डिजिटल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुको संख्या पनि बढ्दो क्रममा छ । हालसम्म बैंकको ७ लाख ५ हजार ATM प्रयोगकर्ता, १५ लाख ७१ हजार मोबाईल बैकिङ्ग प्रयोगकर्ता, २० हजार ५ सय इन्टरनेट बैंकिङ्ग प्रयोगकता, तथा २५ हजार ५ सय QR प्रयोगकर्ता रहेका छन् । अहिलेसम्म चालु आर्थिक वर्षको ६ महिना व्यतित भईसकेको छ र हामीले भर्खरै पहिलो अर्धवार्षिक वित्तिय नतिजा पनि प्रकाशन गरिसकेका छौं । २०७९ पौष मसान्तसम्म आईपुग्दा यस बैंकको कुल निक्षेप रु. २ खर्ब ८२ अर्ब र कुल कर्जा सापट रु.२ खर्ब ३४ अर्ब र Networth रु. ३४ अर्ब ३४ करोड रहन गएको छ । बैंकको निष्कृय कर्जा हाल २.७९ प्रतिशत, आधारदर ९.२९ प्रतिशत तथा कर्जा निक्षेप अनुपात ८१ ६५ प्रतिशत रहेको छ । यस आ.व. २०७९१८० को अन्त्य सम्ममा बैंक कुल निक्षेप रु. ३०० अर्ब, कुल कर्जा रु. २५८ अर्ब, मुनाफा रु. ४ अर्ब ९७ करोड, शाखा संख्या ३०० र ग्राहक संख्या ३९ लाख ७१ हजार पुऱ्याउने लक्ष्य सहित अगाडी बढीरहेको छ ।

बैंकले आफ्नो सम्पूर्ण शाखाहरु मार्फत विभिन्न क्षेत्रमा कर्जा प्रवाहको कार्य गरिरहेको छ । नेपाल राष्ट्र बैंकद्वारा तोकिएका प्राथमिकताका क्षेत्रहरु जस्तै कृषि, जलविद्युत, साना तथा मझौला कर्जाहरुमा बैंकले विशेष प्राथमिकता दि कर्जा प्रवाह गरिरहेको छ । यसको अतिरिक्त उद्योग, पर्यटन लगायत उपभोक्ता कर्जाको रुपमा समेत बैंकले कर्जा प्रवाह गरिरहेको छ । समाजका निम्न आय भएका व्यक्तिहरुलाई लक्षित गरि उपभोक्ता तथा सामाजिक प्रकृतिका साना कर्जाहरु पनि हामीले प्रभावकारी रुपमा प्रवाह गरिरहेका छौं । नेपाल सरकारले २०७५ साल देखि सुरु गरेको सहुलियतपूर्ण कर्जालाई पनि हामीले अत्यन्त महत्वका साथ उच्चतम प्राथमिकतामा राखी देशभरका सबै शाखाहरुबाट कर्जा प्रवाह भईरहेको छ । २०७९ पौष मसान्तको तथ्याङ्क अनुसार यस्तो कर्जा हामीले ३,७५९ जनालाई रु ३ अर्ब १२ करोड कर्जा प्रवाह गरेका छौं । सहुलियतपूर्ण कर्जाको माध्यमबाट उत्पादन र रोजगार वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुग्ने विश्वास लिएका छौं ।

अब म बैंकलाई अगाडि बढाउने सिलसिलामा हामीले हाल सम्म सम्पन्न गरेका र आगामी दिनहरुमा गरिने मुख्य मुख्य कार्यहरुको बारेमा संक्षेपमा चर्चा गर्न अनुमती चाहन्छु । बैंकको अधिकतम श्रोत परिचालन र व्यवसाय विस्तार, निष्कृय कर्जा व्यवस्थापन, बैंकको Re - Branding, IT Upgradation का क्षेत्रहरुमा उल्लेखनिय कार्यहरु भएका छन् । साथै हामीले बैंकको ५ बर्षीय रणनैतिक योजना तर्जुमा गरी Management Audit, HR Audit, IS Audit, Succession Plan तयार गर्ने कार्यहरु पनि सम्पन्न गरेका छौं। एनआइडिसी डेभलपमेन्ट बैंकसँगको मर्जर, सहायक कम्पनी RBB Merchant को संचालन, नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको NDPC (Nepal Digital Payment Company) को स्थापना तथा संचालन पनि बैंकका मुख्य उपलब्धीहरु हुन् । बैंकले सेवा प्रदान गर्ने कुराका अतिरिक्त भौतिक पूर्वाधारका कुराहरुमा पनि त्यतिकै जोड दिई देशका विभिन्न ८ ठाउँहरुमा आफ्नै भवन निर्माणको कार्य अगाडी बढाईरहेको र अहिलेको अवस्थामा ३ वटा भवनहरुको निर्माण कार्य सम्पन्न भईसकेको छ भने ५ वटा निर्माणको प्रक्रियामा छन् । त्यसैगरी बैंकको जोखिम व्यवस्थापन तथा कम्प्लायन्सका क्षेत्रहरूमा सुदृढीकरणको विषयलाई उच्च प्राथमिकता दिई यस क्षेत्रमा नीतिगत, प्रकृयागत, संरचनात्मक सुधारका कार्य भईरहेको छ । यस बैंकले आ.व. २०७४।७५ र २०७५।७६ मा सबैभन्दा बढी मुनाफा आर्जन गर्ने वाणिज्य बैंक र यो बैंक आ.व २०७४।७५ मा सरकारलाई सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक बन्न सफल भएको विषय पनि यसै प्रसङ्गमा उल्लेख गर्न चाहन्छु । साथै आ.व. २०७८।७९ मा सर्वाधिक निक्षेप सुरक्षण गर्ने वाणिज्य बैंकको रुपमा समेत यो बैंक पुरस्कृत भएको छ । बैंकले विगत ४ वर्ष देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ । चालु आ.व. २०७८/७९ मा हामीले १२.५ प्रतिशत लाभांश वितरण गर्न सफल भएका छौं ।

बैंकमा लामो समय देखि रोकिएको कर्मचारी भर्ना प्रकृया यस वर्ष देखि सुचारु हुन थालेको छ ।गत आर्थिक वर्षमा प्रकाशित विज्ञापन बमोजिम यस पटक बैंकमा ८३६ जना नयाँ कर्मचारीको भर्ना प्रकृया पनि चालु अवस्थामा रहेको र पौष मसान्त सम्म ४६३ जना नयाँ कर्मचारीहरुको भर्ना प्रकृया सम्पन्न भई पदस्थापना समेत भई सकेको छ । बाँकी पदहरु पनि निकट भविष्यमा पदस्थापना हुनेगरी प्रकृया अगाडि बढिरहेको छ । नयाँ कर्मचारीहरुको भर्ना प्रक्रिया पूर्ण भएपछि बैंकको कर्मचारीहरुको औसत आयु ३६ वर्ष रहने छ ।

यसका अतिरिक्त म बैकले आ.व. २०७९/८० को पौष मसान्तसम्मा सम्पन्न गरेका महत्वपूर्ण उपलब्धिहरुलाई संक्षेपमा चर्चा गर्न चाहन्छु ।


१। बैंकको पूंजी वृद्धि योजना अनुरुप नेपाल सरकार अर्थ मन्त्रालयबाट हाल सम्म रु. ३ अर्ब पूँजी थप भएको छ र हाल बैंकको कुल चुक्ता पूंजी रु १५ अर्ब ६३ करोड पुगेको छ ।२। बैंकको मोबाईल बेकिङ्ग सफ्टवेर RBB Smart लाई हालै Upgrade गरी RBB Digital Sansar कार्यान्वयनमा ल्याईएको छ ।

३। हिसाबमिलानको कार्यलाई स्वचालीत गर्न तथा प्रभावकारी ढङ्गले सम्पन्न गर्न Comprehensive Reconciliation System जडान गरी कार्य अगाडी बढाईएको छ ।

४। महत्वपूर्ण कागजातहरु भावी प्रयोजनका लागि सुरक्षित रुपमा राख्न Document Management Sytem (DMS) लाई कार्यान्वयनमा ल्याईएको छ ।

५ AML Software लाई परिमार्जन गरी थप प्रभावकारी बनाईएको छ ।

६। बैंकका अचल सम्पति (जग्गा) को पुनर्मूल्याकनको कार्य सम्पन्न भएको छ । बैकको किताबी मूल्यमा रु १८ करोड ८४ लाख मात्र देखिएतापनि भर्खरै सम्पन्न पुर्नमूल्याङ्कनमा मूल्य रु २४ अर्ब १९ करोड कायम भएको छ । यद्यपी NFRS अनुसार लेखाइन हुन बाँकी छ ।
७७ कर्मचारीको क्षमता अभिबृद्धि गर्न आ व २०७९ / ८० मा ९० वटा विभिन्न विषयक तालिमहरु मार्फत २,३२७ जना कर्मचारीलाई तालीम प्रदान गरिएको छ ।
८। वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु संचालन गरियो र साथै संस्थागत सामाजिक उत्तरदायित्वका अर्न्तगत रु ३३ लाख ५१ हजार बराबर खर्च गरिएको छ ।

अब म बैंकका आगामी योजनाहरुको सम्बन्धमा पनि संक्षेपमा उल्लेख गर्न चाहन्छु :
१। बैंकको स्वीकृत रणनैतीक योजना (Strategic Plan 2020-2025) बमोजिम कार्यक्रमहरुलाई समयावधी सहितको कार्ययोजना बनाई निरन्तरता दिईनेछ ।
२। कर्जा प्रवाह प्रक्रियालाई छिटो, छरितो र सरल बनाउन Loan Origination and Approval Automation System लागु गरिनेछ ।
३। बैंकका सम्पुर्ण म्यानुयल, कार्यविधि, नितिहरुलाई समयसापेक्ष बनाउन आवश्यकता अनुसार पुनरावलोकन, परिमार्जन तथा पुर्नलेखन गरिनेछ ।
४। बैंकका सम्पूर्ण प्रक्रियाहरु, कार्यविधि एवं पद्धतिहरुलाई सुधार गरी बैकलाई हरेक पक्षबाट सुदृढ बनाउन तथा प्रतिस्पर्धात्मक लाभ हासिल गर्न Business Proess Re-engineering (BPR) को कार्यलाई थप प्रभावकारी बनाई तिव्रता प्रदान गरिनेछ ।
५। बैंकको सूचना प्रविधि सम्बन्धी संरचनालाई समयसापेक्ष तथा सुदृढ बनाउने योजना बमोजिम सुरु गरिएको IT Enhancement Roadmap बमोजिम नयाँ CBS खरिद प्रक्रिया सम्पन्न गरिनेछ ।
६। बैंकका सम्पूर्ण अचल सम्पत्तिहरुको उचित व्यवस्थापनका लागि तर्जुमा गरिएको Asset Utilization Plan कार्यान्वयन गरी समुचित प्रतिफलको सुनिश्चतता गरिनेछ ।
७| अनावश्यक खर्च कटौती तथा नियन्त्रणका लागि आ.व. ०७९१८० को बजेट तथा कार्यक्रममा उल्लेखित Cost
Control & Reduction Project लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

८। बैदेशिक मुद्रामा ऋण प्राप्ती, ऋणपत्र जारी गर्ने, म्युच्यल फण्ड जारी गर्ने जस्ता कार्यहरुलाई अगाडी बढाईनेछ। ९। ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकहरु जस्तै दुबई, कतार, मलेसिया, जापान तथा कोरियाबाट बैंकिङ्ग प्रणाली मार्फत रेमिटान्स ल्याउन त्यस्ता मुलुकहरुमा सम्पर्क कार्यालय खोली रेमिटान्स् प्रतिनिधि पठाउने व्यवस्था गरिनेछ । 

१०। जोखिम व्यवस्थापन तथा AML/CFT का क्षेत्रलाई थप व्यवस्थित र सुदृढ गरिनेछ ।
११। संस्थागत सुशासन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक कार्यहरु संचालन गरिनेछ माथि उल्लेख गरिएका विषयहरुका अतिरिक्त केही महत्वपूर्ण विषयमा पनि यस अवसरमा राख्न चाहन्छु ।

नेपाल राष्ट्र बैंकको बैक तथा वित्तिय संस्था Consolidation नीतिको फस्वरुप अहिले बैकहरुको मर्जर प्रक्रियाले तिव्रता पाएको छ । यसरी 'क' वर्गका बैंकहरु बिचको मर्जरले ती बैंकहरुको आकार तथा क्षमता ठूलो हुन गईरहेको सन्र्दभमा यस बैकले समेत उपयुक्त रणनीति बनाई अगाडी बढ्न आवश्यक छ । यसका निमित्त नेपाल सरकार अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु ।

हाम्रो देशको सन्र्दभमा सार्वजनिक निकायहरुको सेवा तथा स्तर र व्यवहार प्रति यो संस्थाहरु निजी वा संयुक्त लगानीका संस्थाहरुसँग प्रतिस्पर्धा गर्न सक्दैनन् भन्ने नकारात्मक दृष्टिकोण रहदै आएको छ । हामी यो धारणालाई हाम्रो सेवा, व्यवहार र प्रतिफलबाट पूर्ण सरकारी स्वामित्वको बैंक भएतापनि कुनै निजी तथा संयुक्त लगानीको बैकहरुसँग कुनै पक्षमा कम छैन र हुन पनि दिदैनौ भनेर प्रमाणि गर्न चाहन्छौ । हाम्रो यीनै अठोटले हामीलाई अगाडी बढ्न सदैव प्रेरित गरिरहेको छ ।

बैक विकासको विविध पक्षहरुमा व्यवस्थापन यूनियन बिचको स्वस्थ्य सम्बन्ध एउटा महत्वपूर्ण कारक हो । हामीले हाम्रो बैंकको सन्र्दभमा यसलाई विशेष महत्वका साथ हेरेका छौं। कुनै पनि समस्यालाई आपसी वार्ता, छलफल र सहमतिको आधारमा अगाडी बढ्ने असल अभ्यासलाई अंगिकार गरेका छौं । भर्खरै मात्र बैंक व्यवस्थापन र यूनियन बिच व्यवस्थापकीय, प्रशासनिक र आर्थिक विषयमा सम्झौता भई बैंक सञ्चालक समितिबाट नेपाल सरकार, अर्थ मन्त्रालयमा स्विकृतिको लागि प्रेषित गरेको विषय समेत यहाँहरु सबैमा अवगत गराउन चाहन्छु ।

अन्त्यमा, यस बैंकलाई सदैव मार्गदर्शन प्रदान गर्नुहुने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, शेयरधनी महानुभावहरु एव्म यस बैंकका सञ्चालक समिति प्रति हार्दिक आभार व्यक्त गर्दछु । यस बैंकलाई आजको अवस्थासम्म ल्याई पुऱ्याउन योगदान दिनुहुने बैंकका सम्पूर्ण अग्रज पदाधिकारी तथा कर्मचारी मित्रहरुलाई पनि म यस अवसरमा स- धन्यवाद सहित स्मरण गर्न चाहन्छु । साथै यस बैंक प्रति विश्वास गर्दै बैकका विभिन्न सेवा सुविधालाई उपभोग गर्दै आउनु भएका सम्पूर्ण ग्राहकवर्ग प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु र आगामी दिनहरुमा अझ गुणस्तरीय एव्म समय सापेक्ष सेवा सुविधाहरु प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । आफ्नो लगनशिलता र इमान्दारीताको साथै आफ्नो काम प्रति सदैव समर्पित कर्तव्यनिष्ठ कर्मचारी वर्गलाई हार्दिक धन्यवाद दिन चाहान्छु । बैंकको समस्त विकास र व्यवस्थापनको कार्यलाई रचनात्मक सुझाव सल्लाह प्रदान गर्नुहुने ट्रेड यूनियनका सम्पूर्ण पदाधिकारीहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु । यसै गरी हाम्रो बैंकको विषयमा समाचार, सूचना र सन्देश प्रवाह गर्नुहुने सञ्चारकर्मी मित्रहरुलाई पनि धन्यवाद दिन चाहन्छु ।

र, अन्त्यमा बैंकको ५८ औं वार्षिक उत्सवको अवसरमा आफ्नो महत्वपूर्ण समय दिएर कार्यक्रममा सहभागी भईदिनु भएकोमा प्रमुख अतिथि उप-प्रधान तथा अर्थमन्त्री माननीय विष्णु प्रसाद पौडेलज्यू, नेपाल राष्ट्र बैंकका गर्भनर श्री महाप्रसाद अधिकारीज्यू तथा अन्य सर्पण अतिथि महानुभावहरु लगायत यहाँ उपस्थित सम्पूर्णमा हार्दिक कृतज्ञताका साथ स्वागत अभिवादन व्यक्त गर्दछु । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved