नाफाको अंकमा होइन, प्रतिशतमा एभरेष्ट बैंक पहिलो हो, अब पुरानो लयमा फर्किन्छ : सुदेश खालिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2023 | 11:11:46 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैकहरुले चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्म अर्थात पुष मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमा प्रतिशतको आधारमा एभरेष्ट बैंकले सबै भन्दा बढी खुद मुनाफा आर्जन गरेको छ। अर्थात एभरेष्ट बैंकले गत आर्थिक बर्षको यस अवधिसँगको तुलनामा ८९ प्रतिशतले खुद मुनाफा बढाएको छ। 

गत आर्थिक बर्ष पुष मसान्तसम्ममा झन्डै सबै भन्दा कम मुनाफा गर्ने बैकको सूचीमा रहेको एभरेष्ट बैंकले अहिले सबै भन्दा बढी मुनाफा गर्न सफल कसरी भयो भन्ने आम जनचाँसो रहेको छ। 

तर बैकका प्रमुख कार्यकारी अधिकृत सुरेश खालिङ्ग भन्छन्, "गत आर्थिक वर्ष पुष मसान्तसम्ममा मुनाफामा हामि झन्डै पुछारमा थियौं। त्यहि भएर अहिले यो ६ महिनामा हामी प्रतिशतमा सबै भन्दा बढी कमाई गर्ने बैंकमा परेका हौँ तर अंकको हिसाब गर्ने हो भने हामीले अझ धेरै गर्न बाँकी नै छ।"

विश्व आर्थिक मन्दीको असर नेपालको अर्थतन्त्रमा देखिँदा त्यसको प्रत्यक्ष असर नेपालका बैंकहरुमा पर्दा एभरेष्ट बैंक पनि त्यसबाट प्रभावित भएकाले बैंकको तुलनात्मक रुपमा घट्न पुगेको सीइओ खालिङको भनाई छ। यद्दपि मुनाफा तथा कारोबारमा एभरेष्ट बैंक दुई बर्ष अगाडीको राम्रो लयमा फर्किएको र आगामी दिनमा एभरेष्टले अहिलेको भन्दा राम्रो नतिजा दिनेमा आफु विश्वस्त रहेको सीइओ खालिङ बताउछन्। 

उनी भन्छन्, "एभरेष्ट बैंक आफ्नै शाख फर्खाउदै पुरानो लयमा फर्किने क्रममा छ। यो आर्थिक वर्ष बैंकले थप राम्रो गर्नुपर्ने छ र राम्रो हुन्छ भन्नेमा विश्वस्त छु। 

अंकको हिसाबले यस चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा सबै भन्दा बढी कमाई गर्ने बैंकमा नबिल बैंक रहेको छ। नबिलले ३ अर्ब ४१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ भने प्रतिशतमा पहिलो रहेको एभरेष्ट बैंकले १ अर्ब ५८ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। गत आर्थिक बर्षको यस अवधि अर्थात पुष मसान्तसम्ममा एभरेष्ट बैंकले ८३ करोड ८९ लाख मात्रै खुद मुनाफा आर्जन गरेको थियो। 

प्रोभिजनमा कारण पनि नाफा घट्यो

सीईओ खालिङका अनुसार बैंकहरुले प्रोभिजन गर्नुपर्ने कर्जाको आकार बढेकाले त्यसको असर नाफामा देखिएको हो। बढ्दो ब्याज, अन्तराष्ट्रिय आर्थिक मन्दी, भुक्तानी प्रणाली अर्थात बजार चक्रमा रोकावट जस्ता कारणले बैंकबाट कर्जा लिएकाहरुले समयमै सावाँ ब्याज तिर्न नसक्दा प्रोभिजनको आकार बढेको  हो। 

गत आर्थिक वर्षको पुष मसान्तसम्ममा औषतमा १.०५ प्रतिशत रहेको खराब कर्जा अहिले पुष मसान्तसम्म अर्थात एक वर्षको अवधिमा बढेर २.२८ प्रतिशत पुगेको छ । प्रतिशतमा हेर्दा एक वर्षको अवधिमा खराब कर्जा शतप्रतिशतभन्दा बढी अर्थात ११६.०७३ प्रतिशतले बढेको छ। 

आधार दर बढेकाले तत्कालै ब्याज घट्ने सम्भावना कम 

कमर्शियल बैंकहरुको छाता संगठन नेपाल बैंकर संघ (एनबिए)ले माघ देखि लागू हुनेगरी निक्षेपको ब्याज व्यक्तिगततर्फ १२. १३ प्रतिशतलाई ११ प्रतिशतमा र संस्थागततर्फ ११ प्रतिशतलाई ९ प्रतिशतमा झार्ने निर्णय गरेको थियो। तर बैंकर संघले निक्षेपको ब्याज घटाएपनि तत्कालै अर्थात माघदेखि नै कर्जाको ब्याज घटीहाल्ने सम्भावना अत्यन्त कम रहेको सीइओ खालिङको भनाई छ। 

अहिले पुष मसान्तसम्ममा सबै बैंकहरुको आधार दर 'बेस रेट' बढेकाले माघदेखि नयाँ तथा पुरानो कर्जाको ब्याज पनि थप महँगो हुने देखिन्छ।  स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालबाट बैंकिंङ करियर सुरु गरि करिब ३० बर्षको बैंकिंङ क्षेत्रमा काम गरिरहेका खालिङ एभरेष्ट बैंक आउनु अगाडी लक्ष्मी बैकमा सीइओ थिए। पन्जाब नेशनल बैंकको समेत सेयर स्वामित्व भएको एभरेष्ट बैंकमा नेपालको तर्फबाट सीइओ हुनेमा खालिङ पहिलो सीइओ हुन्।   

वाणिज्य बैंकहरुले दोस्रो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरणमा सार्वजनिक गरेका २१ बैंक मध्ये २० वटाको आधार दरमा वृद्धि भएको छ । उक्त दरलाई आधार मान्दा औषतमा ०.७३ विन्दुले कर्जामा ब्याजको दर बढ्ने देखिन्छ । 

कर्जा प्रवाहमा केहि सहजता 

बैंकहरुसँग लगानीयोग्य रकमको अभाव नभएपनि बैंकहरुले राष्ट्र बैकको निर्देशन भित्र रहेर निर्देशित कर्जालाई थप विस्तार गर्न सक्ने भएकाले थप गुणस्तरीय कर्जा प्रवाह हुने सीईओ खालिङको भनाई छ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved