केन्द्रीय बैंकको गलत नीतिले डुबेको सिलिकन भ्याली बैंक र नेपाललगायत विश्वलाई दिएको सन्देश

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 13, 2023 | 10:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाकाको दोस्रो ठुलो बैंक 'सिलिकन भ्याली बैंक' बन्द भएपछि त्यसका कारणबारे विभिन्न टिकाटिप्पणी भएका छन्।  बैंकहरुमाथि महँगो ब्याज लिएको आरोप लगाउँदै नेपालमा बैंक वित्तीय संस्था विरुद्धको आन्दोलन जारी रहँदा उता अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएको घटना थप चासोको विषय बनेको छ। 

यतिसम्म कि  बैंक विरुद्ध आन्दोलन घोषणा गरेका समूहले सिलिकन भ्याली बैंकले बढी ब्याज लिएको र ऋणीले सावाँ ब्याज तिर्न नसकेकाले बन्द भएको अभिव्यक्ति दिएका छन्। केहिले सिलिकन भ्याली बैंकले क्रिप्टोकरेन्सीमा लगानी गरेका कारण बैंक अप्ठ्यारोमा परेको टिप्पणी गरेका छन्। 

तर सतहमा सिलिकन भ्याली बैंक निक्षेपकर्तालाई पैसा फिर्ता गर्न नसकेकै कारण बन्द हुने अवस्थामा पुगेको देखिन्छ। युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआइसीको नियन्त्रणमा आउनु अगाडि बैंकले घाटा खाएर बोन्ड बिक्री गर्न खोजेको सूचना बाहिर आएपछि निक्षेपकर्ताहरुले आफ्नो निक्षेप झिक्दा त्यसको दबाब थेग्न नसकेर अन्ततः बन्दको अवस्थामा पुगेको हो। 

यदि एकै दिनमा बैंकमा २० प्रतिशत वा त्यो भन्दा बढीले निक्षेप झिक्ने अवस्था बन्यो भने बैंक बैंक समस्यामा जानलाई समय लाग्दैन। नेपालमा सामान्यतया एक सय रुपैयाँको निक्षेप बराबर २० रुपैयाँ तरलताको लागि अर्थात निक्षेप चाहिनेलाई दिईन्छ भने ८० रुपैयाँ कर्जा लगानी हुन्छ। सिलिकन भ्याली बैंकमा पनि भएको यहि नै हो। बैंकको क्षमता भन्दा बढी पैसा निक्षेपकर्ताले झिक्न थाले। त्यसको व्यवस्थापनको लागि बैंकले सस्तोमा घाटा खाएर आफुसंग भएको बोण्ड बिक्रि पनि गर्यो तर निक्षेपकर्ताको लागि पैसा व्यवस्थापन गर्न सकेन। र अन्तंत बन्द हुन पुग्यो। 

२००८ को आर्थिक मन्दीपछि अमेरिका र युरोपियन मुलुकले लिएको मौद्रिक नीति अर्थात पैसा छापेर बजारमा प्रशस्त पैसा पठाउने नीतिको मारमा सिलिकन भ्याली बैंक परेको देखिन्छ। २००८ को आर्थिक मन्दी पश्चात अर्थतन्त्रमा थप समस्या नआओस् भन्ने उद्देश्यसहित  बजारमा माग बढाउनलाई सहजै सस्तो पैसा उपलब्ध बनाउने नीति अनुसार अमेरिका र युरोपका केन्द्रिय बैंकले बजारमा प्रशस्त पैसा पठाएका थिए। 

सहजै सस्तो पैसा भएपछि अमेरिका र युरोपका मानिसहरुले आवश्यकताभन्दा बढी वस्तु तथा सेवा खरिद गर्न थाले। जसले गर्दा तत्कालै अर्थतन्त्र चलायमान देखियो। मानिसहरु पनि कम ब्याजमा पैसा पाउन थालेपछि खर्च र उपभोगमा केन्द्रित भए। 

सोही समयमा केन्द्रीय बैंकले बैंकहरुबाट सस्तो ब्याजमा बोन्ड र ऋणपत्र निरन्तर रुपमा खरिद गर्यो। केन्द्रीय बैंकहरूले ऋण उपकरणहरू जस्तै प्रायः ट्रेजरी इन्स्ट्रुमेन्टहरू र मोर्टगेज 'ब्याक्ड सेक्युरिटी' वित्तीय संस्थाहरूबाट सस्तो दरमा किन्न जारी राखे। जसले गर्दा उनीहरूको आफ्नै वासलात ठूलो अनुपातमा बढ्यो। यही कारण २०२२  सम्म, फेडरल रिजर्ब बैंकको वासलात ९ ट्रिलियन डलर पुगेको छ। अमेरिकाको बोन्डलाई विश्वभर नै बढी विश्वास गरिन्छ र यसको कारोबार पनि विश्वव्यापी नै व्यापक हुन्छ। त्यही भएर पनि अमेरिकाका बैंकहरुले अमेरिकाको बोन्ड ट्रेजरीमा ठूलो लगानी गर्दछन। 

सन् २००८ देखि नै सहजता कार्यक्रमहरूको सहारा लिइरहेका केन्द्रीय बैंकहरूले बजारमा सस्तो पैसाको अत्यधिक आपूर्ति हुँदाहुँदै पनि मुद्रास्फीति दरलाई २ प्रतिशतको लक्ष्यमा पुर्‍याउन असफल भए। कोभिड १९ पछि पनि जब माग घट्यो, केन्द्रीय बैंकहरूले थप सहजता कार्यक्रमको सहारा लिन जारी राखे। जसको परिणामस्वरूप अर्थतन्त्रमा सस्तो पैसा घुम्न थाल्यो।

बजारमा सस्तो पैसाको आपूर्तिले बैंकहरूले अर्थतन्त्रका विभिन्न क्षेत्रमा ठूलो लगानी गर्न थाले। तर अरु बैंकहरुले उपभोग र विलासितामा लगानी बढाउँदा सिलिकन भ्याली बैंकले मुख्यतया प्राविधिक क्षेत्रहरू जस्तै स्टार्टअपहरू, बायोटेक फर्महरू, भेञ्चर क्यापिटल फर्महरूमा लगानी गरेको थियो। बैंकले बढी लगानी गरेका यी क्षेत्रलाई तुलनात्मक रुपमा सुरक्षित व्यवसाय मानिन्छ। 

बजारमा प्रशस्त पैसा हुँदा निक्षेपकर्ताहरुले सस्तो ब्याजमा भारी मात्रामा बैंकमा निक्षेपको रुपमा पैसा जम्मा गरे। तर बैंकले यही पैसा 'मोर्ट्गेज ब्याक सेक्युरिटिज' र बोन्डमा सस्तो ब्याजमा लगानी गर्यो। सिएनबिसीको एक तथ्याङ्कअनुसार बैंकले १.५ प्रतिशत ब्याजमा ८० अर्ब अमेरिकी डलर बराबरको  'मोर्ट्गेज ब्याक सेक्युरिटिज' र बोन्ड मा लगानी गर्यो। कम प्रतिफल भए पनि 'मोर्ट्गेज ब्याक सेक्युरिटिज' र बोन्डलाई सुरक्षित लगानी मानिन्छ। 

तर यहि बेला फेडरल रिजर्भले सस्तो दरमा लामो अवधिको लागि 'मोर्ट्गेज ब्याक सेक्युरिटिज' र बोन्ड बैंकबाट खरिद गर्यो। जसले गर्दा बजारमा ब्याजको दरमा थप गिरावट आयो। 

अमेरिकाको केन्द्रीय बैंक अर्थात फेडरल रिजर्बले बजारमा प्रशस्त पैसा पठाएर पनि २ प्रतिशतको मुद्रास्फिति प्राप्ति गर्ने प्रयास गर्यो। तर अचम्मको कुरा बजारमा प्रशस्त पैसा हुँदा पनि मुद्रास्फिति भने बढेन। यो अवस्थाले अन्तर्राष्ट्रियस्तरमै स्थापित पैसाको आपूर्ति र मुद्रास्फितिबीच सकारात्मक सम्बन्ध हुन्छ अर्थात बजारमा प्रशस्त पैसा हुँदा मुद्रास्फिति बढ्छ भन्ने सिद्दान्त पनि फेल भयो।   

तर कोभिड-१९ ले बस्तु तथा सामानको सप्लाई चेनलाई नै असर गर्यो र विश्वभरका देशहरुले महँगी भोग्नुपर्यो। हिजोसम्म बजारमा प्रशस्त पैसा पठाएर अर्थतन्त्र चलायमान बनाएका अमेरिका र युरोपले पनि कोभिड-१९ पश्चात महँगीको मार झेल्नुपर्यो र अहिले पनि झेली रहेको छ। 

अर्थशास्त्रको सामान्य सिद्धान्त अर्थात पैसाको आपूर्ति र मुद्रास्फितिबीच सकारात्मक सम्बन्ध हुन्छ भन्ने मान्यता पनि फेल भएको अवस्थालाई नजिकबाट अध्ययन गरिरहेका विश्वप्रशिद्ध अर्थशास्त्री पाउल क्रुगम्यानले मूल्य वृद्धि अस्थायी मात्र भएको र यो अवस्थाले धेरै कुरा बर्बाद बनाउने प्रक्षेपण गरेका थिए। र उनको यो भनाई २००८ को आर्थिक मन्दीदेखि २०२० सम्मको कोभिड-१९ को अवधिसम्म गलत नै सावित भयो। र धेरैले केन्द्रीय बैंकले उपलब्ध गराउँदै आएको सस्तो ब्याजको पैसामा लाभ लिइरहे। 

अर्थशास्त्रको सिद्धान्त विपरित चलिरहेको अमेरिका र युरोपको अर्थतन्त्रमा कोभिड-१९ को दोस्रो लहरले ठूलो धक्का हान्यो। महँगीले आकाश छुन थाल्यो र यसको असर विश्वबजारमा देखिन थाल्यो। जसकारण समधानको बाटो खोज्दै फेडरल रिजर्ब आफ्नै बेन्चमार्क दर बढाउने निर्णय लियो। यसले उनीहरुको अर्थतन्त्रमा मात्र नभइ विश्वको अर्थतन्त्रमा असर पारेको छ। 

यसकै असर एकातर्फ अमेरिकाको स्टक मार्केटमा विस्तारै गिरावट आउन थाल्यो भने अर्कातर्फ प्रविधिमा केन्द्रित कम्पनीहरु आफ्नो सेयर मूल्यमा आएको गिरावटले थप मारमा पर्न थाले। ठूला कम्पनीहरु लागत घटाउने उद्देश्यले ठूलो मात्रामा कर्मचारीहरुलाई विदा तथा विदाइ गर्न थाले। र यही बेला बोन्ड र सेक्युरिटीजको मुल्य पनि घट्न पुग्यो। 

बैंकमा भएको पूँजी मात्र पर्याप्त नहुने निर्णयसहित सिलिकन भ्याली बैंकले घाटा खाएर भए पनि सस्तो मूल्यमा बोन्ड र सेक्युरिटिज बिक्री गर्ने अवस्थामा पुग्यो र यो सूचना बाहिरियो। जसकारण झनै खराब अवस्था आउन सक्ने डरले निक्षेपकर्ताले सिलिकन भ्याली बैंकमा जम्मा गरेको पैसा धमाधम झिक्न थाले। निक्षेपकर्ताको निक्षेप झिक्ने रफ्तारलाई व्यवस्थापन गर्नलाई सिलिकन भ्याली बैंकले सस्तो मूल्यमा बोन्ड र सेक्युरिटिज बिक्री गर्न बाध्यो भयो तर पनि निक्षेपकर्ताको पैसा झिक्ने क्रम धान्न सकेन र अन्तत आफ्नो ४० वर्षको इतिहासलाई माटोमा मिसाउँदै अमेरिकाको युनाइटेड स्टेट्स फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन, एफडीआइसीको नियन्त्रणमा पुग्यो।  

सिलिकन भ्याली बैंकले दिएका संदेश

सिलिकन भ्याली बैंकमा सम्पति र दायित्वबीचको सन्तुलन देखिएन। तिनीहरूको कुल निक्षेपको ३ प्रतिशत भन्दा थोरै मात्र एफडीआइसीद्वारा दुई लाख पचार हजार अमेरिकी डलरको बीमा गरिएको थियो। यसको मतलब सिलिकन भ्याली बैंकसँग बीमित नभएका बल्क डिपोजिटरी ग्राहकहरू धेरै थिए।  बैंकले सम्पत्ति र दायित्वमा हुने सम्भावित अन्तरलाई सन्तुलनमा राख्न विवेकपूर्ण कदम चाल्नुपर्थ्यो जसले अन्ततः कुनै पनि बैंकलाई तरलता जोखिम, बजार जोखिम र ब्याजदर जोखिममा पर्न सक्छ।

अमेरिकी बैंकहरूले थप निक्षेपहरू आकर्षित गर्न कुनै ठोस कदमहरू चालेका छैनन्। जब तिनीहरूको केन्द्रीय बैंकहरूले तिनीहरूको 'बेन्चमार्क' दर बढाउन थालेका थिए जसले बजार दरहरू माथि ल्यायो, बैंकहरूले उनीहरूको निक्षेप दरहरू वृद्धि गरेनन् जुन तिनीहरूले पहिले गरेको भए थप निक्षेपहरू आकर्षित हुने थियो जसले गर्दा तिनीहरूको तरलतामा मद्दत गर्ने थियो।

बजारको बदलिँदो प्रवृत्तिको अनुरूप विवेकपूर्ण ढङ्गले कार्य गर्न असफल हुनुले बैंकमा जोखिम व्यवस्थापन संस्कृति र अभ्यासको पूर्ण अभाव रहेको प्रमाणित गर्छ । ट्रेजरी र 'मोर्टगेस ब्याक्ड सेक्युरिटिज' मा तिनीहरूको विशाल एक्सपोजर रहन्छ। यसले तिनीहरू तरल रहेर निक्षेप निकासी गर्न सक्षम हुनेछन् भन्ने आशामा पूर्ण रूपमा असफल देखिए। किनकि बोन्डको मूल्यहरू तल गएकाले बैंकले ठूलो घाटा बोकेर तिनीहरूलाई कम मूल्यमा बेच्नुपर्‍यो। SVB सँग एक विवेकपूर्ण र विविध लगानी नीति नभएको जस्तो देखिन्छ।

२०२३ को पहिलो त्रैमासिक अपडेट भन्छ कि तिनीहरू तरलतामा धेरै राम्रो थिए अर्थात् तिनीहरूसँग लगभग १ खर्ब ८० अर्ब अमेरिकी डलर तरलता उपलब्ध थियो। सम्पत्तिको ६२% नगद र उच्च गुणस्तरको स्थिर आय धितोपत्रमा, ४३% निक्षेप अनुपातमा ऋण, कुल ऋणको ७०% कम क्रेडिट घाटा पोर्टफोलियोमा (अर्थ सुरक्षित व्यापार क्षेत्र), टियर वन पुँजी १५.६२%, कुल पूँजी १६.४०%। यी सबै बलियो अनुपातको बाबजुद पनि बैंक असफल हुनुमा बैंकको लगानीको गुणस्तर भन्दा पनि बाह्य कारकहरू नै मुख्य  कारण हुन्।  

प्रश्नहरू ?

निक्षेप बीमा साँच्चै अप्रभावी छ ? के यसले फर्महरूको लागि नैतिक खतरा मात्र आकर्षित गर्नेछ ?

के हामीले आंशिक रिजर्भ बैंकिङका फाइदा र बेफाइदाहरूमा बहस सुरु गर्ने बेला आएको छ ? बैंकिङको यो मोडेलको राम्रो विकल्प छ ?

बढी दोष कसलाई ? बैंक वा सस्तो पैसा आपूर्ति गर्ने नियामक र यसको नीतिहरू ? 

किन फेडरल रिजर्भले फेडरल रिजर्भ मार्फत फिर्ता रोक्नको सट्टा यस बैंकलाई बन्द गरेर FDIC लाई नियन्त्रण सुम्पने निर्णय गर्यो ? तिनीहरूको बीमा नगरिएका निक्षेपकर्ताहरूलाई के हुनेछ ? क्रेडिट ग्राहकहरु के हुनेछ ?

अमेरिकी बैंकिङ प्रणालीलाई तिनीहरूको अभ्यासहरूको विस्तृत समीक्षा गर्न आवश्यक भएको हो ?

यो पनि:

२ बैंक डुबेपछि राष्ट्रपति बाईडेनको सम्बोधन 'निक्षेपकर्तालाई बचाईन्छ, लगानीकर्ता होइन'

अमेरिकामा एक हप्ता मै २ बैंक डुब्दा यी हुन् समानता र फरक

क्रिप्टो करेन्सीमा देखियो सिलिकन भ्याली बैंक बन्दको असर, पैसा नडुबेको क्रिप्टो कम्पनीको दाबी

बैंक बन्द हुन अगाडी सिलिकनका सीईओले सेयर बेचे, कर्मचारीलाई बोनस बाँडे, मारमा निक्षेपकर्ता

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved