मौद्रिक नीतिको समीक्षा सकारात्मक, नयाँ व्यवस्थाले अरबौं लगानी योग्य रकम निस्किनेछ: फुल्लेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 04:21:55 PM मा प्रकाशित

सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा प्रसाद फुल्लेल चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा सकारात्मक भएको बताएका छन्। राष्ट्र बैंकले रियल स्टेट कर्जा र रु.५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गर्नु स्वागतयोग्य रहेको उनको भनाई छ। 

५० लाख रुपैयाँ सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने कदम पनि सकारात्मक रहेको उनी बताउछन्। यी व्यवस्थाले अर्थतन्त्र चलायमान हुने अपेक्षा गर्न सकिने उनको भनाई छ। उनी भन्छन् 'सेयर धितो कर्जाका विद्यमान सीमाहरुलाई वृद्धि गरिएको कारण कर्जा प्रवाहमा वृद्धि हुने अपेक्षा गर्न सकिन्छ । नयाँ व्यवस्थाले अरबौं लगानी योग्य रकम निस्किनेछ, यो सकारात्मक सम्बोधन हो। '

यद्यपि शेयर धितो कर्जाको जोखिम भार १०० मा झारिनु पर्ने, शेयर धितो कर्जा सिमा पुरै हटाईनुपर्ने उनको माग छ। कानुनी एवं गलत नीतिगत व्यवस्थाका कारण शेयर लगानीकर्ताले वर्षौंदेखि समस्यामा भोग्दै आएको उनको भनाई छ। बेला बेलामा गरिने बेमौसमीमी एवं पटके नीतिले लगानीकर्ता मात्र नभई समग्र अर्थतन्त्र नै समस्यामा पर्दै आएको उनी बताउछन् ।लगानीकर्ताले स्थिर नीतिको माग राख्दै आएता पनि राजनैतिक प्रभाव बाट लिईने नीतिगत नियम कानुनले सदैब अप्ठ्यारोमा पार्दै आएको उनी बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved