‘मानव जीवनमा जस्तै अनुशासन पालना गरेमा शेयर बजारबाट पनि कमाउन सकिन्छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2024 | 12:32:05 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तरराष्ट्रिय बजारमा जस्तै नेपालको पूँजीबजारमा पनि अथाह सम्भावना छ। मानव जीवनमा अनुशासन पालना गरेजस्तै शेयर बजारमा पनि अनुशासन कायम गर्न सके सम्भावना नै सम्भावना देख्न सकिन्छ र महसुस पनि गर्न सकिन्छ। 

आम लगानीकर्ताले बजारमा लगानी गर्ने भनेकै कमाउनको लागि हो तर चाँडो पैसा कमाउने सोचले बजारको हल्लाको पछि लाग्दा गुमाएको मात्रै आभास हुन सक्छ। कतिपय कम्पनीका शेयर अस्वाभाविक रुपमा बढेको देखिन्छन्।

लगानीकर्ताले जहिल्यै पनि कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र लगानी गर्नुपर्छ। चाँडो कमाउनेभन्दा पनि आफ्नो लगानी सुरक्षित हुने अनि कमाउने खालको कम्पनीको शेयरमा लगानी गर्नुपर्ने हुन्छ ।  

पूँजीबजारमा कमाउनेको अवस्था हेर्दा दिर्घकालिन र समयानुकुल लगानी गर्नेले धेरै कमाइ गरेको देखिन्छ। तसर्थ शेयर बजारमा लगानी गर्दा बजारको अवस्था अनुसारको आफूले रणनीति बनाउनपर्छ। 

धेरै लगानीकर्ता चुक्ने पनि समयअनुसारको रणनीति नबनाएकै कारण हो । उचित रणनीति बनाउन नसक्ने तर शेयर बजारमा सहजै र छिट्टै कमाउन खोज्ने व्यक्तिहरुमा पूँजीबजारमाबारे नकारात्मक सोच रहेको पाइन्छ । बजारको आफ्नै लय हुन्छ, कसैले पनि बजार कुन दिशामा जान्छ ठोकुवा गर्न सक्दैन। लगानीकर्ताले आफु समझदार तथा धैर्य बनेर लगानी गर्नुपर्छ। 

बजारमा सकारात्मक सूचनाभन्दा पनि लगानीकर्तालाई प्रभावमा पार्ने सूचना धेरै आउँदा लगानिकर्तामाझ बजार के हुने हो कस्तो हुने हो भन्ने दुबिधा छ। नकारात्मक नेटवर्थ भएका तथा लो क्याप स्टक भएकाको मूल्य बढ्नु पनि यसकै एउटा गतिलो उदाहरण हो। 

हालै मर्चेन्ट बैंकर एशोसिएशनका प्रतिनिधिहरुको एक टोलीले नेशनल इन्स्टिच्युट अफ सेक्युरिटिज मार्केट्स (NISM) भ्रमण गरेको थियो। यो भारतीय धितोपत्र बजारको नियामक सेबी अन्तर्गत धितोपत्र बजारमा गुणस्तरीय मापदण्ड अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न तहमा क्षमता अभिवृद्धि जस्ता गतिविधिहरू गर्ने उद्धेष्यले यो संस्था स्थापना भएको हो। यस टोलीको प्रतिनिधि भएर बद्री प्रसाद प्याकुरेल पनि गएका थिए।

यस क्रममा भारतीय पूँजीबजारका व्यक्तिहरुसँग भेटघाट हुँदा नेपालको पूँजीबजारको पनि भबिष्य राम्रो रहेको उनीहरुले बताएका थिए ।  आफुलाई नेपालमा पनि यस्तै संस्थाको आवस्यकता महसुस भएको कुरा व्यक्त भएको थियो। 

राष्ट्रिय धितोपत्र बजार संस्थान जस्तै यस्तै खालको संस्था नेपालमा अपरिहार्य रहेको उनीहरुले बताएका थिए। यसले पूँजीबजारमा दक्ष जनशक्ति निर्माण साथै बजारको हितमा अरु कार्य गर्न सहयोग गर्ने अपेक्षा छ। 

आरबीबी मर्चेन्टका आगामी योजना


आरबीबी मर्चेन्ट अब नयाँ क्लोज एण्ड म्युचुअल फन्डको तयारीमा रहेको छ। हालका आरबीबी मर्चेन्ट बैंकिंगको म्युचुअल फन्डको अवस्था पनि सन्तोसजनक अवस्थामा छ।

सरकारी निकाय भएकाले बजारमा लगानी गर्दा उक्त संस्थाको नाफा मात्र नभएर संस्थागत सुशासन लगायतका नियमको अनुपालन भए नभएको कुरा आदि पनि हेर्नुपर्ने भएकाले त्यो दायरामा रहेर लगानी गर्नुपर्ने हुँदा कम्पनी छनौटमा धेरै ध्यान दिन पर्ने हुन्छ। यसले गर्दा लगानी सुरक्षित पनि हुन्छ र बजारको उतारचढाब बीच सन्तुलन कायम गर्न पनि मद्दत पुग्छ। 

आगामी बजेटमा शेयर बजार

आगामी बजेटमा शेयरबजारलाई चलायमान बनाउने, आम लगानिकर्तामझ सकारात्मक संदेश पुर्‍याउने र यस क्षेत्रको अव्यवहारिक नियमहरु संशोधन गर्नुपर्ने हुन्छ। जस्तै यस क्षेत्रमा चल्ने अफवाह नियन्त्रण गरेर लगानीकर्तालाई भ्रम छर्ने काम बन्द गर्नुपर्ने हुन्छ। शेयर धितो राखेर जुन १५/२० को नियम आएको छ। 

यो नियम अव्यवहारिक छ भन्ने मलाई लागेको छ । किनभने नियम अनुसार कसैले ऋण लिन सक्छ भने दिनु पनि पर्छ। ऋण तिर्ने दायित्व लिनेकै हो। तिर्न पनि,धितोको मुल्यांकन घट्दा मार्जिन कल भइहाल्छ, तसर्थ दिएको ऋण सुरक्षित नै हुन्छ। शेयर धितोमा ऋण लिंदा सत प्रतिशत पाउने पनि होइनौं। त्यसैले  नयाँ- नयाँ लगानीका माध्ययम पनि ल्याउनुपर्छ। 

-आरबीबी मर्चेन्ट बैंकका सीईओ बद्री प्रसाद प्याकुरेलसँग भएको कुराकानीमा आधारित

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved