बजेटबारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया : महासंघको प्रशंसा, चेम्बरले देख्यो चुनौती

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2024 | 08:47:56 PM मा प्रकाशित

laxmi sunrise bank

आगामी आर्थिक बर्षको बजेटबारे निजी क्षेत्रको मिश्रित प्रतिक्रिया आएको छ। नेपाल उद्योग बाणिज्य महासंघले बजेटमा भएको व्यवस्थाको प्रशंसा गरेको छ भने नेपाल चेम्बर अफ कमर्शले आलोचना गरेको छ। 

महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरण को सुधारका लागि आफुहरुले माग गरेअनुसारको व्यवस्था बजेटमा गरिएको भन्दै बजेटको प्रशंसा गरेका छन्। आफुहरुले मागेझैं नयाँ चरणको सुधार र आयोग बनाउनेबारे व्यवस्था बजेटमा भएको भन्दै महासंघका अध्यक्ष ढकालले बजेटलाई सकारात्मक भनेका छन। 

महासंघले भनेझै सानो बचतबाट लगानी कम्पनी खोल्ने,  विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनी लाई प्रवर्द्धन गर्ने, कृषिमा करार खेती र पहाडमा फलफूल खेती को विषय बजेटमा समेटिएकोले प्रारम्भिक प्रतिक्रियामा बजेट सकारात्मक भएको बताएको छ। यद्दपि राजस्वमा भएको परिवर्तन र अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर मात्र महासंघले आफ्नो आधिकारिक धारणा बाहिर ल्याउने अध्यक्ष ढकालले जनाएका छन्। 

अध्यक्ष ढकालकाअनुसार बजेटमा भएका पर्यटनमा वैवाहिक पर्यटन MICE पर्यटन Hill station बिकास,  सूचना प्रविधि र start up मा केहि सहुलियत र विस्तारका योजना,  निजी क्षेत्रको प्रवर्द्धन जस्ता बिषय महासंघको प्राथमिकतामा भएकाले अहिलेको बजेटमा यी कुरा उल्लेख भएकाले बजेट समग्रमा राम्रो भएको अध्यक्ष ढकालको भनाई छ। 

यता नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले आर्थिक वर्ष २०८१ / ८२ को बजेट फरक ढङगले आएको बताएका छन् । मंगलबार  अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक गरेको बजेट भाषणमाथि प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । 

राजस्वको लक्ष्यहरुलाई सन्तुलित हिसाबले राखिएको उनको धारणा छ । बजेटमा आएका कार्यक्रमहरु कार्यान्वयन पनि हुनु पर्नेमा उनले जोड दिए।निजी क्षेत्रले प्रस्तुत गरेका सुझावहरुलाई बजेटले केहि हदसम्म सम्बोधन गर्ने कोसिस गरेको अध्यक्ष अग्रवालको भनाई छ।

सरकारले आन्तरिक र वैदेशिक गरेर ५  खर्व ४७ अर्व र ६६ करोड ऋण लिने भएको छ । ऋणमा आधारित बजेट नभएर वितरण मुखि बजेटहरुलाई कम गरे प्रस्तुत आगामी बजेट उपयोगी हुने चेम्बरको बुझाई छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved