प्रोत्साहनले सफल कृषक बनेका मदन राई भन्छन् - अनुदानभन्दा प्रोत्साहन ठूलो रहेछ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 25, 2025 | 09:40:27 AM मा प्रकाशित

laxmi sunrise bank

इलामको सूर्योदय नगरपालिका–१२ का मदनकुमार राई तीन दशकदेखि कृषिमा सक्रिय छन्। उनलाई २०७६ साउन ४ गते अग्र्यानिक तरकारी कृषकका रूपमा सम्मान गरेपछि कृषिकर्मप्रति झनै ऊर्जा मिलेको छ। 

“अनुदानभन्दा प्रोत्साहन ठूलो रहेछ,” उनले भने, “पालिकाको सम्मानले थप व्यवसायिक बन्न प्रेरणा दिएको छ।”

राईको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ। उनले अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया, र कफिको व्यवसायिक खेती गर्दै आएका छन्। यस वर्ष आठ रोपनी जमिनमा लगाएको अकबरेबाट २३ लाख आम्दानी भएको छ। “फलभन्दा बियाँबाट बढी आम्दानी हुन्छ,” उनले बताए। 

छ रोपनी जमिनमा काँक्रा लगाएर १६ केजी काँक्राको बियाँ बिक्री गरेका छन् । काँक्रा र अकबरे खेतीमा केही रोगको समस्या देखिए पनि अग्र्यानिक विधिले समाधान खोजेका छन्। उनले नौ रोपनीमा कागती खेतीबाट गत वर्ष १ लाख २० हजार र यस वर्ष १ लाख ८० हजार आम्दानी गर्ने अनुमान गरेका छन्। 

तीन वर्षअघि एभोकाडो खेती सुरु गरेका राई परिवारले १३ रोपनी जमिनमा तीन सय बोट रोपेका छन्। उनले अब कफि खेतीमा ध्यान दिने योजना सुनाउँदै ४०० बिरुवा रोपिसकेको र १,००० बिरुवा थप्ने तयारीमा रहेको बताए। 

उनको गोठमा दुई माउ गाई छन्, जसले मलमुत्रबाट खेतीलाई अग्र्यानिक बनाउन सहयोग पु¥याउँछ। उनि कृषक मात्र नभई कृषि विज्ञ पनि हुन्। नगरपालिकाले आयोजना गरेका तालिमहरूमा सहभागी हुँदै अन्य किसानलाई प्रशिक्षण दिएका छन्। 

नगरप्रमुख रणबहादुर राईका अनुसार सूर्योदय नगरपालिकाले व्यवसायिक किसानलाई प्रोत्साहन र अनुदान दिँदै आएको छ। “सूर्योदय नगरपालिका पर्यटन र कृषिबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य लिएर अघि बढिरहेको छ,” नगरप्रमुखले बताए। 

राईको सफल कृषि यात्राले स्थानीय कृषकलाई प्रेरित गरिरहेको छ। उनको अथक मेहेनत र व्यवस्थापनले व्यवसायिक कृषिमा आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गरेको छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved