सानाे लगानीमा फूल व्यवसाय, मासिक दुई लाख आम्दानी गर्ने सफल तनहुँकी उद्यमी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2025 | 06:45:13 AM मा प्रकाशित

आँबुखैरेनी गाउँपालिका–३ की २५ वर्षीया सरिश्मा गुरुङले सानो लगानीबाट सुरू गरेको फूल व्यवसायले अहिले मासिक दुई लाख आम्दानी गर्न सफल भएकी छिन्। गुरुङले २०७७ सालमा जम्मा ३,५०० रुपैयाँ लगानीमा व्यवसाय थालेकी थिइन्, जुन अहिले करोडौंको कारोबारमा परिणत भएको छ।

गुरुङले सभा–सेमिनार, विवाह, पास्नी, र अन्य उत्सवहरूमा फूलको सजावट गर्ने व्यवसाय सञ्चालन गर्दै आएकी छिन्। उनका अनुसार, राम्रो सिजनमा महिनामा २० लाखसम्मको कारोबार हुने गरेको छ भने अन्य समयमा पनि मासिक आठ–नौ लाख रुपैयाँ बराबरको कारोबार हुन्छ। खर्च कटाएर उनले मासिक दुई लाख रुपैयाँसम्म बचत गर्ने गरेको बताएकी छिन्।

व्यवसाय विस्तार गर्दै गुरुङले पोखरा र काठमाडौंमा समेत सेवा प्रदान गरिरहेको र ग्राहकलाई अझ सहज बनाउन काठमाडौंमा नयाँ शाखा खोल्ने योजना रहेको जानकारी दिइन्। व्यवसायलाई अझ व्यवस्थित बनाउन उनले नर्सरी स्थापना गर्ने तयारी गरिरहेको र त्यसका लागि जग्गा खोजी भइरहेको बताइन्।

"फूल तथा बिरुवा उत्पादन र बिक्रीलाई अझ प्रभावकारी बनाउन योजनाहरू अगाडि बढाइरहेका छौँ," गुरुङले भनिन्। सानो लगानीबाट सुरु गरी सफल उद्यमी बनेकी गुरुङको यो यात्राले धेरै युवाहरूलाई उद्यमशीलताको प्रेरणा दिने देखिन्छ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved