कपडा उद्योग र सिटिइभिटीको तालिमका लागि पनि सहुलियत कर्जा

विजय पराजुली

विजय पराजुली

Nov 25, 2019 | 02:07:37 PM मा प्रकाशित

laxmi  sunrise bank

कपडा उद्योग र सिटिइभिटीको तालिम लिन चाहानेले पनि ब्याज अनुदानको सहुलियत कर्जा पाउने भएका छन्। नेपाल सरकार मन्त्रीपरिषदको २०७६ कार्तिक २९ गतेको निर्णय अनुसार नेपाल राष्ट्र बैंकले सहुलियतपुर्ण कर्जा का लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५ को दास्रो संशोधन मार्फत कपडा उद्योग र र सिटिइभिटीको तालिम लिनेको लागि पनि सहुलियपुर्ण कर्जाको ब्यवस्था गरेको हो।

राष्ट्र बैंकले कार्यविधि संशोधन गरेसँगै परम्परागत कपडा उद्योगहरुलाई ५ करोडसम्म र प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटि) बाट मान्यताप्राप्त संस्थाबाट तालिम लिनको लागि पनि २ लाख  रुपैयाँ सम्म सहुलियत कर्जा पाउन सक्नेछन । 

यसअधि ७ वटा शिर्षकमा दिइदै आएको सहुलियत कर्जामा कपडा उद्योग र सिटिइभिटीको तालीम पनि समावेश भएसँगै अब ९ वटा शिर्षकमा सहुलियत कर्जा पाइने भएको छ। कपडा उद्योगले २०७५ साउन १ गतसम्म कायम रहेको अथवा त्यसपछी लिएको कर्जामा २०७५ मसिंर २४ गते देखि ५ प्रतिशतको दरले ब्याज अनुदान प्रदान गरिने कार्यविधिमा उल्लेख छ। 

कपडा उद्योगहरुमा ब्यवसाय संचालनको अवस्था, रुग्ण भए पुन संचालनमा आउने सर्तमा र ब्यवसायिक योजना समेतलाई आधार बनाउनुपर्ने उल्लेख  छ। 

यस्तै राष्ट्र बैंकले वैदेशीक रोजगारीबाट फर्केका युवा परियोजना कर्जाको यसअधिको् ब्यवस्थामा पनि परिमार्जज गरेको छ। यसअधि कुनै पनि देशमा कम्तिमा ६ महीना काम गरेका र  नेपाल फर्केको ३ बर्ष पुरा नभएका युवाहरुले मात्रै उक्त कर्जा पाउने ब्यवस्था रहेकोमा अव विदेशमा कम्तिमा ६ महीना काम गरेर स्वदेश फर्केका जो कोहीले पनि उक्त कर्जा पाउने भएका छन। यसले गर्दा विदेशबाट फर्केकाहरुलाई सहुलियतमा कर्जा लिएर व्यवसाय गर्न झनै सजिलो हुने देखिएको छ।  

यस्तै कार्यविधिमा कर्जा सुचना शुल्क ऋणीले ब्यहोनुपर्ने उल्लेख गरिएको छ भने बीमा प्रिमीयम र कर्जा सुचना सुरक्षण शुल्कको पनि ब्यवस्था गरीएको छ। यसअघिको कार्यविधिमा ब्याज बाहेक अन्य कुनै पनि अतिरिक्त शुल्क लिन नपाउने ब्यवस्था गरिएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved