ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2019 | 10:57:51 AM मा प्रकाशित

laxmi  sunrise bank

लागतको मूल्य नपाएको भन्दै नेपाल ह्याचरी उद्योग संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन बन्द गरेको छ । आजबाट आगामी १० दिनसम्म चल्लाको उत्पादन बन्द गरिने संघका अध्यक्ष टीकाराम पोखरेलले जानकारी दिएका छन् ।

एउटा चल्ला उत्पादन गर्दा ५५ रुपैयाँ लाग्ने भएपनि चल्लाको बजार मूल्य ३० रुपैयाँभन्दा पनि कम भएका कारण आफ्नो पक्षमा बजार आउँछ कि भन्ने आशले १० दिन बन्दको घोषणा गरिएको हो । १० दिनमा निस्कने ६० लाख चल्ला नष्ट हुँदा ३३ करोड नोक्सान हुने संघको अनुमान छ । नेपालमा हाल एक हप्तामा ३० लाख ब्रोइलर कुखुराका चल्ला आवश्यक भए पनि ४५ लाख उत्पादन हुँदै आएको छ । नेपालमा ब्रोइलर, लेयर्स, कोइलर र कलर ब्रोइलर चल्ला उत्पादन गर्ने २८० ह्याचरी रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved