गढीमाई मेलामा १७ लाख भेटी संकलन, पूजारीले लगे साढे ७ लाख

रासस

रासस

Dec 18, 2019 | 09:48:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराको गढीमाई मेलामा १७ लाख भेटी चढेको छ । हरेक ५÷५ वर्षमा लाग्ने मेलामा चढेको भेटीमध्ये कागजको सबै रुपैयाँ गनिएको गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ ।

करिब एक हप्ता लगाएर गनिएको उक्त भेटी १६ लाख ७० हजार ८६० रुपैयाँ रहेको समितिले जनाएको छ । गनिएको सो रकमको ४५ प्रतिशत ७ लाख ५१ हजार पूजारी मङ्गल चौधरीलाई दिइएको छ । ११ वटा दानपेटिका बाकसमा चढेको भारतीय र नेपाली रुपैयाँ गरी १६ लाख ७० हजार ८६० गनिएको हो । गढीमाई मन्दिरमा चढेको सिक्का गन्न बाँकी छ । सिक्काहरुलाई बाल्टिनमा भरेर भाग लगाइने छ । गढीमाईमा चढेको सिक्का करिब रएक लाखभन्दा बढी हुनसक्ने समितिको अनुमान छ । पुजारीलाई दिएर बाँकी रहेको सो भेटी पञ्चवर्षीय गढीमाई मेला मूल समितिको खातामा जम्मा हुने जनाइएको छ । 

मङ्सिर १ देखि ३० गतेसम्म लागेको मेलामा झण्डै एक करोड मानिसले सहभागिता जनाएको अनुमान गरिएको छ । मेलामा तीन हजार ५ सय पाडा र ३ लाखभन्दा बढी बोकाको बलि चढाईएको अनुमान छ । मेलामा लाखौँ परेवाहरु उडाइएको भए पनि संरक्षणको अभावमा परेवाहरु पातलिँदै गएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved