आर्थिक वर्षको चौथो महिनामा पनि (विप्रेषण आप्रवाह) रेमिट्यान्स घट्ने क्रमले निरन्तता पाएको छ। दोस्रो र तेस्रो महिनामा क्रमश: ०.३ र ४.९ प्रतिशले घटेको रेमिट्यान्स चौथो महिनामा पनि २.४३ प्रतिशतले घटेर ३ खर्ब ४ अर्ब ९७ करोडमा सिमित भएको छ। गत वर्षको यही अवधिमा भने ३६.४ प्रतिशतले वृद्धि भएको थियो ।
रेमिट्यान्समा कमी आउँदा पनि वैदेशीक ब्यापारमा भएको सुधारको कारण भुक्तानी संतुलन (शोधनान्तर स्थिति) बचतमा गएको छ भने विदेशी विनिमय संचिति पनि बढ्दै गएको छ।
२०७५ असार मसान्तमा ११०२ अर्ब पुगेको विदेशी विनीमय संचिति २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्बमा झरेको थियो तर लगातार ४ महीना सम्म भुक्तानी सन्तुलन बचतमा हुँदा त्यसको प्रभाव विदेशी विनिमय संचितिमा परेको छ। जसले गर्दा मंसिर मसान्तमा नेपालको कुल विदेशी विनीमय संचिति ११ खर्ब ३ अर्ब भन्दा माथि पुगेको छ ।
चालु आथिक वर्षको ४ महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय संचितिले ९.९ महिनाको बस्तु आयात र ८ महिनाको लागि बस्तु तथा सेवाको आयात धान्नलाई पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
चार महीनाको अवधिमा नेपालको कुल ब्यापार घाटा ८.९ प्रतिशतले घटेर ४ खर्ब १४ अर्ब २ करोड कायम भएको छ। जसमा नेपालले ३६ अर्ब २८ करोडको बस्तु निर्यात गर्दा ४ खर्ब ५० अर्ब ३० करोको बस्तु आयात गरेको छ । पहिलो ४ महिनामा २३.९ प्रतिशतले निर्यात बढ्दा आयात भने ६.९ प्रतिशतले घटेको छ। गत वर्षको यस अवधिमा ६.१ प्रतिशत रहेको नेपालको निर्यात आयत अनुपात पनि ब्यापार घाटामा भएको सुधारसँगै ८.१ प्रतिशत पुगेको छ ।
त्यस्तै ९ वर्ष पछी पहीलो पटक गत आर्थिक् वर्षमा वार्षिक रुपमा घाटामा रहेको शोधनान्तर स्थिति यो वर्ष भने लगातार ४ महीनासम्म बचतमा नै रहेको छ। आर्थिक वर्षको पहीलो महीनामा ६ अर्ब ५ करोडले बचतमा रहेको सोधनान्तर स्थिति दोस्रो महीनामा ८ अर्ब ८३ करोड र तेस्रो महीनामा १४ अर्ब ४३ करोडले बचतमा रहेको थियो। चौथो महीना अथात् कार्तिक मसान्तमा आउँदा सोधनान्तर स्थिति २७ अर्ब २९ करोडले बचतमा रहेको छ ।
यता प्रत्यक्ष बैदेशिक लगानीमा भने सामान्य सुधार देखिएको छ । गत वर्षको पहीलो ४ महनिामा ४ अर्ब २४ करोड प्रत्यक्ष वैदेशिक लगानी आएकोमा यो वर्षको सोही अवधिमा ४ खर्ब ९२ करोड प्रत्यक्ष लगानी भित्रिएको छ ।