चिनियाँ राजदूतको गुनासो, ‘दुई देशबीचको व्यापारमा सडक बाधक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 03:36:54 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल–चीन उद्योग वाणिज्य संघले चिनियाँ राजदुत हाउ यान्कीसँग भेट गरेको छ । संघका सदस्यहरुले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक प्रवद्र्धनका विषयमा छलफल गरेका छन् । 

भेटघाटमा राजदुत यान्कीले दुई देशबीचको व्यापारमा नेपाल तर्फको साँघुरो सडक नै बाधक रहेको बताइन् । उनले उक्त बाधा फुकाउन दुवै राष्ट्र नेपालको सडक निमार्ण तथा विस्तारमा लागि परेको जानकारी गराइन् । भेटमा उनले राजदुतावासले दुई देशबीचको व्यापार, पर्यटन तथा आर्थिक क्रियाकलापहरुमा सहकार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । 

संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले लार्चामा सुख्खा वन्दरगाह संचालनमा आएको र सडक मार्गबाट सामान नेपाल आईपुग्ने हुँदा धेरै आयातकर्ताहरु त्यसतर्फ आकर्षित भइरहेको जानकारी गराउँदै रसुवा तथा तातोपानी नाकामा भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए । नेपालमा हाल लगानी मैत्री वातावरण रहेको जानकारी गराउँदै उनले चिनियाँ लगानीकर्ताहरुलाई नेपालका सम्भावित क्षेत्रमा लगानी ल्याउन पहल गरिदिन राजदूत समक्ष आग्रह समेत गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved