नेपालमा औषधी उद्योगको अध्ययन गर्न आयो चिनियाँ टोली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 04:18:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमणमा आएको चिनियाँ व्यवसायिक प्रतिनिधिमण्डलले नेपाली उद्यमी व्यवसायीहरूसँग भेटवार्ता गरेको छ । चीनको यूनान प्रान्तिय उद्योग वाणिज्य महासंघका उपाध्यक्ष वाङ चिरोङको नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । 

भेटवार्तामा नेपाल–चीन आर्थिक व्यवसायिक सम्बन्ध, संयुक्त लगानी विस्तार, वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था लगायतका विषयमा छलफल भएको छ । चिनियाँ प्रतिनिधिमण्डलले नेपालमा औषधी उद्योगको सम्भाव्यता अध्ययन गर्न आएको जनाएको छ । उक्त प्रतिनिधिमण्डललाई औषधि, सिमेन्ट, कृषि, पूर्वाधार, पर्यटन, उर्जा, सूचना प्रविधि, उत्पादनमुलक उद्योग लगायतका क्षेत्रमा लगानी गर्न नेपाली व्यवसायीले आग्रह गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved