चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2019 | 05:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । गृह जिल्ला बागलुङमा शुक्रबारदेखि सुरु भएको महोत्सवमा पुगेर उनले  उम्मेद्वारी घोषणा गरेका हुन् । 

आफू महासंघको उपाध्यक्ष र उद्यमीका रुपमा विभिन्न ठाउँमा पुग्दा व्यवसायी साथीहरुले महासंघको नेतृत्वमा आउन आग्रह गरेको भन्दै उनले आफूलाई उक्त आग्रहस्वीकार्य रहेको बताए । सानो व्यवसायदेखि व्यवसायिक यात्रा सुरु गरेको बताउँदै ढकाललेसाना तथा मझ्यौला व्यवसायीको समस्या बुझेर काम गर्ने बताए ।

ढकाल हाल महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरेका उनी आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक समेत हुन् । कार्गो व्यवसायबाट व्यवसायिक यात्रा सुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स  एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकार लगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी छ । 

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुन्  । उनी लगानी बोर्डका आमन्त्रित सदस्यसहित हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत हुन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved