उखुको बक्यौता उठाउन काठमाडौँ ओर्लिए किसान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 28, 2019 | 01:10:55 PM मा प्रकाशित

laxmi  sunrise bank

उखुको बक्यौता रकम दिलाउन माग गर्दै किसानहरु काठमाडौं आइपुगेका छन् । किसानहरुले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन् । उनीहरुले बक्यौता रकम नपाएसम्म नफर्किने चेतावनी दिएका छन् । 

अगुवा कृषक हरेश्याम रायले बक्यौता रकम नपाएसम्म काठमाडौँ नछोड्ने उदेश्यले आएको बताए । सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ५३६ रुपैयाँ तोकेको छ । तर चिनी मिलहरुले बिभिन्न शीर्षकमा रकम काटेर ४३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन् । 

किसानहरुले २०७० सालदेखी रकम नपाएको गुनासो गरेका छन् । हालसम्म ५० करोड रकम पाउन बाँकी रहेको किसानको गुनासो छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved