साँघुरिदै व्यापार घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 02:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको ५ महिनामा बस्तु तथा सेवाको निर्यात करिब २७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको मंसिर मसान्तसम्म ३७ अर्ब ५० करोड १९ लाख रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा उक्त परिणाम २६.९७ प्रतिशतले बढेर ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा आयात ४.२४ प्रतिशतले घटेको छ । गत वर्षको मंसिर मसान्तसम्म ६ खर्ब ६ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बराबरको आयात भएकोमा यसवर्षको उक्त अवधिमा ४.२४ प्रतिशतले घटेर ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख रुपैयाँमा रोकिएको छ । वैदेशीक व्यापारमा आयात प्रतिस्थापन हुँदा निर्यात केही बढ्न गएको हो । तर पनि नेपालले खर्बमा निर्यात गर्न सकेको छैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved