ह्वात्तै घट्यो डिजेलको आयात, व्यापार घाटामा कमी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2020 | 05:07:24 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा व्यापार घाटा घटेको छ । गत वर्षको यहि अवधिको तुलनमा आयात घट्नुको साथै निर्यातमा भएको वृद्धिले ब्यापार घाटा ६.३ प्रतिशतले घटेको हो ।

पाँच महिनाको अवधिमा मुलुकले ६ खर्ब २८ अर्ब ८७ करोड वैदेशीक व्यापार गरेको छ । जसमा आयात जम्मा ४७ अर्ब ६२ करोडको रहेको छ भने निर्यात ५ खर्ब ८१ अर्ब २५ २५ करोड रहेको छ । गत वर्षको तुलनामा आयात ४.२४ प्रतिशतले घटेको हो भने निर्यात २६.९७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको मंसिरमा आयात निर्यात अनुपात ९४.२: ५.८ प्रतिशत रहेकोमा यो वर्ष ९२.४ : ७.६ प्रतिशत पुगेको छ । यसले वैदेशीक ब्यापारमा सामान्य सुधार भएपनि आयात र निर्यातबीचको ठुलो खाडल भने कायम नै रहेको भन्सार विभागको तथ्याङकले देखाएको छ ।

यस अवधिमा नेपालले सबैभन्दा धेरै ११ अर्ब ५४ करोड ७५ लाखको कच्चा तथा प्रशोधित पाम आयल निर्यात गरेको छ । यस्तै करिब ३ अर्ब १० करोडको सोयाविन तेल र करिब १४ अर्ब ७६ करोड ३६ लाखको यार्सागुम्बा निर्यात गरेको छ । यस्तै कार्पेट, टेक्सटाइल तथा उन लगायतका बस्तु ३ अर्ब २२ करोड २५ लाख भन्दा माथिको निर्यात भएको छ ।

डिजेल र डण्डी तथा स्टील उद्योगको कच्चा पर्दाको आयात भने ह्वातै घटेको छ । जसले गर्दा समग्र आयात नै घटेको हो । गत वर्ष करिब ४६ अर्बको डिजेल आयात भएकोमा यो वर्ष ३८ अर्ब ५० करोडको मात्रै आयात भएको छ । त्यस्तै गत वर्षको यस अवधिमा ३१ अर्ब ६२ करोडको डण्डी तथा स्टील उद्योगको कच्चा पदार्थ आयात भएकोमा यो वर्षको सोहि अवधिमा १७ अर्ब को मात्रै आयात भएको छ । सोही अवधिमा १२ अर्ब ३ करोड भन्दा माथिको एलपी ग्याँस आयात भएको छ । सबैभन्दा धेरै निर्यात गरेको पाम आयल करिब १० अर्बको आयत गरेको छ । यस्तै सोयाविन तेल ६ अर्ब ६१ करोड भन्दा माथिको कच्चा सोयाविन तेल आयात गरेको छ ।

१३७ मध्ये १०६ देशमा ब्यापार घाटा

नेपालले १३७ वटा देशसँग बैदेशीक ब्यापार गरेकोमा १०६ वटा देशसँगको ब्यापार घाटामा रहेको भन्सार विभागले जनाएको छ । त्यस्तै ३० देशसँगको ब्यापार भने नाफामा रहेको र एक देशसँग नाफाघाटा केहि नभएको तथ्याङकले देखाएको छ ।

यस अवधिमा सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । पाँच महिनाको अवधिमा भारतबाट ३ खर्ब ४९ अर्बको आयात हुँदा ३२ अर्ब ५६ करोडको निर्यात भएको छ । त्यस्तै चिनबाट ३ खर्ब २ अर्बको आयात हुँदा ८६ करोडको मात्रै निर्यात भएको छ । इन्डानेशियाबाट १६ अर्ब ९० करोडको आयात गरेर ११ करोडको निर्यात गरेको छ । युएईबाट ९ अर्ब ५ करोडको आयात हुँदा करिब ७ करोडको निर्यात भएको छ । अमेरिकाबाट ८ अर्ब २६ करोडको आयात हुँदा करिब ४ अर्ब ८७ करोडको निर्यात भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved