अमेरिका-इरानको तनावले नेपालमा डिजेल पेट्रोलको मूल्य बढ्ने !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2020 | 01:41:19 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिका र इरानको तनावले विश्व भरकै अर्थतन्त्रमा प्रभाव देखिएको छ । विशेष गरी सुनचाँदी र पेट्रोलियम पदार्थमा अन्तराष्ट्रिय बजारमै मूल्य बढ्ने क्रम सुरु भएको छ । 

अमेरिकाले इराकको राजधानी बगदादस्थित विमानस्थलमा गरेको आक्रमणमा इरानका सैन्य कमान्डर कसिम सुलेमानीको मृत्यु भए पश्चात यसको असर विश्व अर्थ बजारका सबैजसो अवयवहरुमा देखा परेको छ । विश्वको तेल बजारको मूल्य पनि बढ्ने क्रम जारी छ ।

आयात गरेर माग धान्नुपर्ने अवस्था रहेका कारण यसको असर नेपालमा पनि पर्ने निश्चित छ । नेपाल आयल निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अन्तराष्ट्रिय बजारबाट आयात गरेर तेल विक्रि गर्नुपर्ने भएकाले नेपालले चाहे अनुसार मूल्य निर्धारण हुँदैन । नेपालमा भारतबाट तेल आयात हुने भएकाले भारतीय बजारमा पर्ने प्रभाव सोझै नेपाली बजारमा पनि पर्ने उनको भनाई छ । ‘हामी कच्चा तेल ल्याएर बेच्ने होइन, प्रशोधित भएकै तेल इन्डियाबाट ल्याउने हो’ गोइतले भने, ‘भारतलाई असर पर्नासाथ हामीलाई पनि असर गर्छ । हामीले असर नहोस् भनेर केही गर्न सकिने अवस्था हुँदैन ।’ 

भारतले आयात गर्ने तेलको बहुप्रतिहत हिस्सा मध्यपूर्वका देशहरुबाटै आउने गरेको छ । इराकबाहेक साउदी, ओमन र कुबेतबाट पनि भारतले तेल आयात गर्छ । भारतीय बजारमा तेलको मूल्य हाल प्रतिब्यारेल ३ डलर बढिसकेको छ । 

भारतले जनवरी १ मा पठाएको नयाँ मूल्य सूचीअनुसार नेपाल आयात निगमले पुस १६ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २ रुपैयाँ प्रतिलिटर मूल्य बढाइसकेको छ । भारतीय बजारमा मूल्य फेरि बढ्ने आँकलन गरिए अनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्ने अनुमान छ । 

यसअघि पौष १६ गते निगमले खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य बढाएको थिएन । तर अब नयाँ सूची कायम भएमा यसको मूल्य पनि बढ्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भारतले प्रतयेक महिनाको १ र १५ तारिखमा मूल्य सूची पठाउने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved