आज चौथो निर्यात दिवस मनाइदै, यस्तो छ निर्यातको पछिल्लो अवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 11:28:04 AM मा प्रकाशित

laxmi  sunrise bank

आज चौथो निर्यात दिवस मनाइदैछ । नेपाल निर्यात परिषदको आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सहआयोजनामा मंगलबार चौथौ निर्यात दिवस मनाउन लागिएको हो । निर्यात व्यवसायबीचको समस्या र व्यावसायिक ऐक्यबद्धता देखाउन, आयतमुखी बजारलाई निर्यातमुखी बनाउन, सरकार र सम्पूर्ण सरोकारवालाको ध्यानाकर्षण गर्न, व्यवसायीबीच सुमधुर सम्बन्ध कायम गर्न निर्यात दिवस मनाउन लागेको आयोजक नेपाल निर्यात परिषद्ले जनाएको छ ।

कस्तो छ नेपालको निर्यात अवस्था ? 

चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ४७ अर्ब ६१ करोड ६७ लाख बराबरको बस्तु निर्यात गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको भन्दा २६.९७ प्रतिशतले बढी हो । ५ महिनाको अवधिमा ६ खर्ब २८ अर्ब ८७ करोडको वैदेशीक ब्यापार गरेको छ । जसमा आयत र निर्यातको हिस्सा ९२.४: ७.६ प्रतिशत रहेको छ । गत वर्षको तुलनामा नेपालको वैदेशीक ब्यापार २.४२ प्रतिशतले घटेपनी आयात र निर्यातको अन्तरमा भने केहि सुधार देखिएको छ । गत वर्ष नेपालले ६ खर्ब ४४ अर्ब ४९ करोडको बैदेशिक व्यापार गरेको थियो जसमा आयात निर्यात अनुपात ९४.२ ः ५.८ रहेको छ ।

यस अवधिमा नेपालले सबैभन्दा धेरै ११ अर्ब ५४ करोड ७५ लाखको कच्चा तथा प्रशोधित पाम आयल निर्यात गरेको छ । यस्तै करिब ३ अर्ब १० करोडको सोयाविन तेल र करिब १४ करोड ७६ लाख ३६ हजारको यार्सागुम्बा निर्यात गरेको छ । यस्तै कार्पेट, टेक्सटाइल तथा उन लगायतका बस्तु ३ अर्ब २२ करोड २५ लाख भन्दा माथिको निर्यात भएको छ ।

डिजेल र डण्डी तथा स्टील उद्योगको कच्चा पर्दाको आयात भने ह्वातै घटेको छ । जसले गर्दा समग्र आयात नै घटेको हो । गत वर्ष करिब ४६ अर्बको डिजेल आयात भएकोमा यो वर्ष ३८ अर्ब ५० करोडको मात्रै आयात भएको छ । त्यस्तै गत वर्षको यस अवधिमा ३१ अर्ब ६२ करोडको डण्डी तथा स्टील उद्योगको कच्चा पदार्थ आयात भएकोमा यो वर्षको सोहि अवधिमा १७ अर्ब को मात्रै आयात भएको छ । सोही अवधिमा १२ अर्ब ३ करोड भन्दा माथिको एलपी ग्याँस आयात भएको छ । सबैभन्दा धेरै निर्यात गरेको पाम आयल करिब १० अर्बको आयत गरेको छ । यस्तै सोयाविन तेल ६ अर्ब ६१ करोड भन्दा माथिको कच्चा सोयाविन तेल आयात गरेको छ ।

३ वर्षको वैदेशिक व्यापार

नेपालले गत आर्थिक वर्षमा १५ खर्ब १५ अर्ब ६४ करोडको वैदशीक ब्यपार गरेको थियो जसमा १४ खर्ब ८१ अर्ब ५३ करोड भन्दा माथिको आयात गर्दा ९७ अर्ब ११ करोडको निर्यात गरेको थियो । गत वर्ष कुल वैदेशीक ब्यपारमा आयातको हिस्सा ९३.६ प्रतिशत र निर्यातको हिस्सा ६.४ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७४÷०७५ मा नेपालले कुल १३ खर्ब २६ अर्ब ४६ करोडको वैदेशीक व्यापार गरेको थियो । जसमा १२ खर्र्ब ४५ अर्ब १० करोडको आयात गर्दा ८१ अर्ब ३६ करोडको निर्यात गरेको थियो । कुल वैदेशीक ब्यापारमा आयतको हिस्सा ९३.९ प्रतिशत हुँदा निर्यातको हिस्सा ६.१ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७३÷०७४ मा नेपालले कुल १० खर्ब ५७ अर्ब ३४ करोडको कुल वैदेशीक व्यापर गरेको थियो । जमध्ये ९ खर्ब ८४ अर्ब ३० करोडको आयात गर्दा ७३ अर्ब ४ करोडको मात्रै निर्यात गरेको थियो । कुल वैदेशीक ब्यापारमा आयतको हिस्सा ९३.१ प्रतिशत र निर्यातको हिस्सा ६.९ प्रतिशत रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved