'नेपालको अर्थतन्त्र विश्वको ८८ औं ठुलो बन्दै, दोहोरो अंकको आर्थिक वृद्धि नहुने'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2020 | 02:32:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सन् २०३४ मा नेपाल विश्वको ८८ औ ठुलो अर्थतन्त्र भएको मुलुक बन्ने प्रक्षेपण गरिएको छ । बेलायतको ‘सेन्टर फर इकोनोमीक्स एण्ड विजनेश रिसर्च’ को ‘वल्र्ड इकोनोमीक लिग टेबल ’को ११ औं संस्करणले यस्तो प्रक्षेपण गरेको हो ।

प्रतिवेदनमा सन् २०३४ सम्मा विश्वका १९३ वटा मुलुक मध्ये नेपाल ८८ औ ठुलो अर्थतन्त्र भएको मुलुक हुने प्रक्षेपण गरिएको छ । २०१९ मा १०३ औ स्थानमा रहेको नेपाल २०२० मा १०० औ स्थानमा, २०२४ मा ९६ औ स्थान २०२९ मा ९५ औ र २०३४ औ स्थानमा ८८ औ स्थानमा आउने ‘वल्र्ड इकोनोमीक लिग टेबल २०२०’ ले प्रक्षेपण गरेको हो ।

२०३४ मा विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र चिन, दोस्रोमा अमेरीका र तेस्रोमा भारत हुने प्रक्षेपण गरीएको छ । २०१९ मा पाँचौ स्थानमा रहेको भारत तेस्रो स्थानको जापान र चौथो स्थानको जर्मनीलाई पछि पार्दै तेस्रो स्थानमा पुग्ने प्रक्षेपण रहेको छ । २०३४ मा विश्वको चौथो देखी दशौ ठुलो अर्थतन्त्रमा क्रमश जापान, जर्मनी, बेलायत, फ्रान्स, क्यानडा, ब्राजिल, र कोरीया हुने प्रक्षेपण छ । २०१९ मा ८ औं स्थानमा रहेको इटाली २०३४ मा शिर्ष १० बाट बाहिरिदै १४ स्थानमा पुग्ने र १२ औ स्थानमा रहेको कोरिया १० औ स्थानमा आउने प्रक्षेपण गरेको छ ।

दक्षिण एशियाली मुलुक भारत विश्वको तेस्रो ठुलो अर्थतन्त्रको रुपमा उदाउँदै गर्दा छिमेकि मुलुक पाकिस्तानको स्थान भने २०१९ मा ४४ औ स्थानबाट खस्किएर २०३४ मा ५० औं स्थानमा पुग्ने प्रक्षेपण गरिएको छ । यता बंगलादेश भने २०३४ मा एशियाको ठुलो १० वटा अर्थतन्त्रको रुपमा उदाउने प्रक्षेपण रहेको छ । विश्व अर्थतन्त्रमा बंगलादेश ४१ औ स्थानबाट २५ औ स्थानमा आउने प्रक्षेपण रहेको छ ।

२०३४ सम्ममा एशियाको ठुला दश अर्थतन्त्रमा चिन पहिलो ,भारत दोस्रो र जापान तेस्रो स्थानमा हुने प्रक्षेपण रहेको छ । यस्तै एशियाको शिर्ष १० अर्थतन्त्र भएको मुलुकमा चौथोदेखि दशौसम्म क्रमशः कोरीया, इन्डोनेशीया, साउदी अरेबीया, फिलीफीन्स, ताइवान, थाइल्याण्ड र बंगलादेश रहने प्रक्षेपण गरिएको छ । २०३४ सम्म बंगलादेशको अर्थतन्त्र पाकिस्तान , युएई, सिंगापुर र मलेशिया भन्दा पनि अगाडी हुने प्रक्षेपण गरिएको छ ।

प्रतिवेदनले श्रीलंका ६८ औ स्थानबाट ६२ औ स्थानमा, अफगानीस्तान ११५ औ स्थानबाट १०७ औ स्थानमा, माल्दीभ्स १४८ औ स्थानबाट १४५ औ स्थानमा र भुटान १६४ औ स्थानबाट १६० औ स्थानमा आउने प्रक्षेपण गरेको छ । दक्षिण एशियाली देशमा २०१९ देखि ३४ को बीचमा सबैभन्दा उच्च आर्थिक वृद्धि बंगलादेशको हुने प्रक्षेपण छ । बंगलादेशको २०२० देखि २०२५ सम्म ७.३ प्रतिशत र २०२६ देखि २०३४ सम्मकाने ९ वर्षमा पनि आकर्षको आर्थिक वृद्धि हुने प्रक्षेपण वल्र्ड इकोनामीक टेबल २०२० ले गरेको छ । भुटानको २०२० देखि ०२५ सम्ममा ६.७ प्रतिशत र त्यसपछिको ९ वर्षमा ६.४ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरीएको छ ।

भारतको आर्थिक वृद्धि दर २०१९ देखि २०२४ सम्म ५.५ प्रतिशत, २०२४ देखि २०२९ सम्म ६.१ प्रतिशत र २०२९ देखि २०३५ सम्म ६.१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । माल्दिभ्सको सुरुको ५ वर्षमा ५.६ प्रतिशत र २०२६ देखि २०३४ सम्म ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ ।

यता उच्च दोहोर आर्थिक वृद्धिको लक्ष्य लिएको नेपाललाई भने भने उक्त टेवलले धक्का लाग्ने देखिन्छ । नेपालको २०२० देखि २०२५ अर्थतन्त्र औषतमा ५.४ प्रतिशत र त्यसपछीको ९ वर्षमा औषत ५ प्रतिशले आर्थिक वृद्धि हुने अनुमान गरीएको छ । अफगानीस्तानको आर्थिक वृद्धिदर २०२० देखि २०२५ सम्म औषत ४.७ प्रतिशत र २०२६ देखि २०३४ सम्म ५.५ प्रतिशत हुने अनुमान गरीएको छ । पाकिस्तानको आर्थिक वृद्धि दर२०२० देखि २०२५ सम्म ४.२ प्रतिशत र त्यसपछि २०३४ सम्म वार्षिक ५ प्रतिशतको दरले वृद्धि हुने प्रक्षेपण छ । यस्तै श्रीलंकाको २०२० देखि २०२५ सम्म ४.४ प्रतिशत र त्यसपछिको ९ वर्षमा ४.८ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved