फोहोरबाट दैनिक ७ किलो ग्याँस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2020 | 01:40:18 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरको भीमदत्त नगरपालि कार्यलय परिसरमा फोहोरबाट ग्याँस उत्पादन सुरु भएको छ । बजार क्षेत्रको कुहिने फोहर सङ्कलन गरी प्लान्टमा ग्याास उत्पादन हुन थालेको हो ।

कुहिने फोहोर ग्याँसप्लान्टमा राखेर दैनिक सात किलो ग्याँस उत्पादन हुन थालेको छ । २० लाख लागतमा निर्माण गरिएको बायोग्याँस प्लान्टमा कुहिने फोहरसँगै गाईबस्तुको गोवरको प्रयोग गरिँदै आएको नगरपालिकाका वन वातावरण विपद् व्यवस्थापन तथा फोहरमैला शाखाका प्रमुख पुष्पराज भट्टले जानकारी दिए । प्लान्टबाट उत्पादित ग्याँस कार्यालयका कर्मचारीको भान्सामा प्रयोग हुन थालेको छ ।

कार्यालय प्रमुखको निवास, बारुणयन्त्रका कर्मचारीको क्वाटर र नगरपालिका कार्यालयमा सञ्चालित क्यान्टिनमा ग्याँसको खपत भइरहेको नगरपालिकाले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved