बैंकलाई बदमासी नगर्न अर्थमन्त्रीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2020 | 06:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाई प्रतितपत्र (एलसी) खोल्दा बदमासी नगर्न चेतावनी दिएको छन् । सोमबार नेपाल चेम्बर अफ कमर्शको ६९ औ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंकहरुलाई १०० रुपैयाँको सामानमा ४० रुपैयाँको एलसी खोल्ने गरेको भन्दै त्यसो नगर्न चेतावनी दिएका हुन्। 

मन्त्री खतिवडाले राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका घर र गाडी कर्जामा गरेको कडाईबारे आफुले बुझ्ने र के गर्न सकिन्छ भनेर अध्ययन गर्ने बताए। चेम्बर अफ कमर्शका अध्यक्ष राजशकाजि क्षेष्ठले राष्ट्र बैंकले संकुचित नीति लिँदा कर्जा लिन गाह्रो भएको गुनासो गरेपछि मन्त्री खतिवडाले त्यसमा अध्ययन गर्न बताएका हुन्।  

मन्त्री खतिवडाले निर्यातजन्य कम्पनीहरुको लागि विद्युत महशुल कम गर्ने विषयमा छलफल भइरहेको भन्दै निर्यात गर्ने बस्तुको योजना लिएर आउने जो कोहिलाई पनि सरकार  स्वागत गर्न तयार रहेको जानकारी दिए। ब्यवसायीले भन्सारमा नै कर फिर्ता माग गरिरहेको भन्दै सरकारले विद्युतिय माध्यमको प्रयोग गरेर व्यवसायीको माग सम्बोधनको प्रयास गर्न काम सुरु गरिसकेको र निर्यातजन्ज्य बस्तु सरकारको प्राथमीकतामा रहेको जानकारी दिए । 

 निजी क्षेत्रका संघसंस्थाले निर्यातमा अनुदान नपुगेको भनिरहेको तर केहि ब्यवसायीहरुले नै अनुदान नै दिनु हुँदैन भन्दै आग्रह गर्ने गरेको उनले खुलासा गरे। उनले निर्यात हुने उत्पादनलाई अनुदान दिने कि निर्यात कम्पनीलाई अनुदान दिने विषयमा स्पष्ट हुन जरुरी रहेको अर्थमन्त्रीले बताए ।

ब्यवसायी र नेपाल विद्युत प्राधिकरणबीच रहेको ट्रंक लाइन र डेडीकेटेड लाइनको समस्या समाधान गर्न समिति गठन भइसकेको भन्दै चाँडै नै समस्या समाधान हुने उनले आश्वासन दिए। उनले सरकारले आर्थिक परिसूचकलाई तल माथि नगरेको बताए। लगातारको उच्च आर्थिक वृद्धिदर आर्थिक वृद्धिको गतिमा रहको भन्दै एकै डुङ्गामा सयर गर्दा नीजी क्षेत्र डुब्दा सरकार उत्रन नसक्ने उनको भनाई छ । उनले नीजीक्षेत्रलाई डुबाएर अगाडी बढ्नलाई सरकारसँग कुनै लाइफ ज्याकेट नभएको बताए । 

अर्थतन्त्रको विकासमा २ तिहाइ भन्दा बढी लगानी नीजी क्षेत्रकै योगदान रहेको भन्दै उनले सरकारले एक तिहाइ भन्दा बढी लगानी गर्न नसक्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved