चन्द्र ढकालको गुनासो, ‘कानुन बनाउँदा नीजि क्षेत्रको सल्लाह लिइएन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 04:41:11 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रसँग सम्बन्धित नियम तथा कानुन बनाउँदा निजी क्षेत्रसँग सल्लाह गर्न सरकारलाई आग्रह गरेका छन् । नीजि क्षेत्रका लागि कानुन बनाउँदा नीजि क्षेत्रसँग परामर्श गरेर निर्माण गरिए यस्ता नियम कानुनहरुको कार्यान्वयन गर्न सजिलो हुने उनको भनाई छ । 

‘तीनै तहका सरकारले निजी क्षेत्रसँग सम्बन्धित नीति नियम तथा कानुन बनाउँदा निजी क्षेत्रसँग समन्वय गर्न सके सरकार र निजी क्षेत्रबीचको साझेदारिता थप बलियो हुनेछ’ उनले भने, ‘राष्ट्रिय समृद्धिमा पनि सहयोग पुग्नेछ ।’ उनले नीजि क्षेत्रसँग साझेदारी गरेर कानुन बनाउने अभ्यास नरहेको भन्दै गुनासो समेत गरे ।

नेपाल निर्माण व्यावसायी महासंघको २१ औँ साधारण सभाको भक्तपुरमा सम्बोधन गर्दै ढकालले नेपालको आर्थिक समृद्धिका लागि पहिलो खुड्किलो पूर्वाधार निर्माण भएको बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved