मुल्यबृद्धिमा भारतको प्रभाव, महङ्गियो नेपालीको भान्सा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 19, 2020 | 06:59:57 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक महिनाको तुलनामा मंसिरमा महँगी बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनले महँगी बढेको देखाएको हो । कार्तिक मसान्त सम्मको मुद्रास्फीति ६.२७ प्रतिशत रहेकोमा मङ्सिरमा बढेर ६.३३ प्रतिशत पुगेको छ ।

 वार्षिक विन्दुगत आधारमा पनि मुद्रास्फीति बढेको छ । कार्तिकमा ५.७६ प्रतिशत रहेको मुद्रास्फीति मंसिरमा बढेर ६.५५ प्रतिशत पुगेको छ । मुद्रास्फीतिलाई ६ प्रतिशतको सिमा भित्र राख्ने लक्ष्य सहित मौद्रिक नीति सार्वजर्निक गरेको राष्ट्र बैंक सिमा भित्र रहन असफल भएको छ । भारतमा भएको मुल्यवृद्धिको प्रभाव नेपालमा पनि परेको देखिन्छ । भारतमा डिसेम्बर महिनाको मुद्रास्फीति ७.३५ प्रतिशत रहेको छ । गत वर्ष यही अवधिमा भारतको मुद्रास्फीति २.११ र नेपालको ३.७१ प्रतिशत रहेको थियो ।

गत वर्ष खाद्य तथा पेय पदार्थको मुल्य वृद्धि औषत भन्दा कम हुने गरेकोमा यो वर्ष औषत भन्दा माथि रहेको छ । यसले आफ उपभोक्ता प्रत्यक्ष मारमा परेको देखिन्छ । यस्तै गैर खाद्य तथा सेवा समुहको मुल्यवृद्धि विगतमा औषत भन्दा माथि हुने गरेकोमा यो वर्ष औषतभन्दा तल देखिएको छ ।

यसअवधिमा काठमाडौं उपत्यका र तराईको मुल्यवृद्धि उच्च देखिएको छ । भौगोलिक अवस्थाको कारण तुलनात्मक रुपमा कम मुल्यवृद्धि हुने उपत्यका र तराइमा यस वर्ष निरन्तर रुपमा मुल्यवृद्धि उच्च देखिँदै आएको छ । पहाड र हिमाली क्षेत्रको मुल्यवृद्धि औषत भन्दा कम रहेको छ । मंसिर मसान्तमा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौं उपत्यकामा ३.६८ प्रतिशत, तराईमा ३.६५ प्रतिशत, पहाडम ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७६ मंसिरमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ८.९८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.१८ प्रतिशत रहेको थियो । यस अवधिमा प्राथमिक वस्तु समूह अन्तर्गत खाद्य वस्तु तथा उत्पादित वस्तु समूह अन्तर्गत खाद्य, पेय तथा सूर्तीजन्य पदार्थ एवं छाला तथा छालाजन्य पदार्थको थोक मूल्य वृद्धि उच्च रहेको छ । यस्तै वृहत आर्थिक वर्गीकरणको आधारमा, उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोकमूल्य वृद्धि क्रमशः २०.४४ प्रतिशत, ३.९२ प्रतिशत र २.३४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै निर्माण सामाग्रीकोथोक मूल्य ५.१६ प्रतिशतले घटेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved