स्प्रेड रेट कार्यान्वयन नगर्ने बैंकलाई कारवाही गर्ने डेपुटी गभर्नरको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 24, 2020 | 05:43:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले स्प्रेड रेट कार्यान्वयन नगर्ने बैंकहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ५५ औं वार्षिकोत्सव कार्यक्रममा उनले आगामी आषाढ मसान्तमा स्प्रेड रेट ४.४ प्रतिशत कायम नगर्ने बैंकहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

 बैंकहरुलाई उत्पादन क्षेत्रमा लगानी विस्तार गर्न निर्देशन दिँदै उनले त्यस्ता कर्जाको प्रोभिजनमा राष्ट्र बैंक सहजीकरण गर्न तयार रहेको बताए । राष्ट्र बैंकले फिक्स र फ्लोटीङ गरि दुई प्रकारको ब्याजदर नीति लिएको भन्दै उनले दीर्घकालिन परियोजनाहरुमा केही चार्ज बढी लिएर भएपनि फिक्स ब्याजदरमा कर्जा लगानी बढाउन निर्देश दिए । 

व्यवसायिक वातावरण सिर्जना भएको दाबी गर्दै युवाहरु बैंकमा ऋण लिन लाइन लागेको जिकिर गरे । रेमिट्न्समा आधारित अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्र बनाउनुपर्ने र त्यसको लागि ब्यापार घाटाको खाडल पुर्न आवश्यक रहेको बताए । 

७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैकको शाखा पुगिसकेको बताउँदै डेपुटी गभर्नर शिवाकोटीले अब मुलुकभर ब्यवसाय गर्न बैंकिङ सेवा उपलब्ध रहेको दाबी गरे । ब्याजदरमा स्थायित्व आउनुको साथै गत वर्षको भन्दा निक्षेपको ब्याजदर बढेको र कर्जा ब्याजदर ०.५ प्रतिशतले घटेको उनको दाबी छ ।

उनले दोहोरो करको विषय संशोधन गर्न मन्त्रीपरिषद्मा प्रस्ताव गैसकेकोले योगदानमा आधिरित सामाजिक सुरक्षा योजनामा सहभागी हुन बैंकहरुलाई आग्रह गरे । अन्तिममा उनले जुन कार्यक्रममा जाँदा पनि सहुलियत कर्जाको विषयमा गाली खानुपरेको गुनासो गर्दै सरकारको लोक कल्याणकारी कार्यक्रम भएको र सरकारले कर्जाको सुरक्षा पनि गरेकोले यो कार्यक्रमलाई प्राथमिकतामा राख्न बैंकहरुलाई निर्देशन दिए ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले पुस मसान्तसम्म बैंकले १ खर्ब ९७ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिए । उनका अनुसार बैैंकले यस अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved