पूर्वाधारको विकासबाट आर्थिक वृद्धि गर्न सकिन्छ: अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2020 | 07:11:29 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि स्वीट्जरल्याण्डका पूर्व राजदूत जोर्ग फ्रेईडेन बीच भेटवार्ता भएको छ । फ्रेईडेन नेतृत्वको आएको टोलीले अर्थमन्त्री खतिवडालाई अर्थ मन्त्रालयमा भेटेका हुन् । 

भेटवार्तामा अर्थमन्त्री खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताएका छन् । पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धि सँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताए । 

फ्रेईडेनको नेतृत्व टोलीले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका र राष्ट्रिय प्राथमिकताका क्षेत्र मा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरे । 

उक्त भेटमा नेपालका लागि स्वीस राजदूत एलीजाबेथ भोन कपल्लर तथा स्वीच ईन्भेष्टमेन्ट फण्ड फर ईमर्जीङ मार्केटका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved