गर्भनर भन्छन्, ‘वित्तिय क्षेत्र अर्थतन्त्रको मुटु हो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 04:21:14 PM मा प्रकाशित

laxmi  sunrise bank

गभर्नर डा. चिरंञ्जिवी नेपालले वित्तीय स्थायित्व पहिलो प्राथमीकतामा रहेको बताएका छन् । वित्तिय क्षेत्र अर्थतन्त्रको मुटु भएको भन्दै उनले यो क्षेत्र यताउता भए अर्थतन्त्र नै धराशायी हुने बताए । मौद्रिक नीति कार्यान्वयनको अवस्था र समसामयिक आर्थिक तथा वित्तिय अवस्था विषयक कार्यक्रममा बोल्दै उनले वित्तीय स्थायित्वपछि मात्रै अर्थतन्त्रका अन्य आधारशीला तयार हुने बताए ।

‘अहिलेको सबैभन्दा ठूलो च्यालेन्ज साइबर सेक्युरिटी हो’, गभर्नर नेपालले भने,‘ राष्ट्र बैंकको पहिलो प्राथमिकता भनेको साइबर हमलाबाट वित्तीय क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने हो, त्यसपछि सरकारको आर्थिक क्रियाकलापलाई मौद्रिक नीतिले सहयोग गरेर आर्थिक वृद्धि गर्ने भन्ने हो ।’ नेपालको पुँजीबजार मौद्रिक नीतिमा नै आधारित भएकोले पुँजीबजारलाई कुन हदसम्म अगाडी लैजाने भन्ने कुरालाई मौद्रिक नीतिमा समावेश गर्ने राष्ट्र बैंकको उदेश्य रहेको उनको भनाई छ । 

राष्ट्र बैंक वित्तीय संस्थाको सुदृढिकरणमा अगाडी बढिरहेको दाबी गर्दै उनले पछिल्लो ४ वर्षमा मर्जर तथा प्राप्तिले गर्दा १३० वटा बैंक तथा वित्तीय संस्थाको इजाजत खारेज भएर ४३ वटामा कायम भएको स्पष्ट पारे । विगत ४ वर्षमा कृषि उर्जा र पर्यटन क्षेत्रमा कर्जा विस्तारमा ब्यापकता आएको भन्दै यसले लगातार ३ वर्षसम्म उच्च आर्थिक वृद्धि हाँसिल गर्न सहयोग गरेको उनको दाबी छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved