चन्द्र ढकाललाई ‘एसियन लिडरसिप अवार्ड’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 01:58:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन् । एसियन एसोसिएसन अफ म्यानेजमेन्ट अर्गनाइजेसन्स (आमो( र नेपाल व्यवस्थापन संघद्धारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् ।

राष्ट्रिय उद्यमशिलताको विकास गरी नेतृत्वदायी भूमिकामा रहेका र देशको आर्थिक विकास र समृद्धिका लागि व्यावसायको माध्यमबाट योगदान पुर्याएका कुशल एवम् सफल व्यवस्थापकलाई आमोले हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ । सन् २०२० का लागि नेपालबाट ढकाललाई यो अवार्ड प्रदान गरिएको हो । ग्लोबल आइएमई बैंक तथा चन्द्रागिरि हिल्सका अध्यक्ष समेत रहेका ढकाललाई नेपालको व्यावसायीक क्षेत्रमा सफल र प्रेरणादायी नेतृत्वका लागि उनलाई यो अवार्ड प्रदान गरिएको संस्थाले जनाएको छ । 

अवार्ड ग्रहण गर्दै ढकालले अवार्डले आगामी दिनमा अझ उत्साहका साथ अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिए । उनले व्यक्तिगत रुपमा यो सम्मान आफूले ग्रहण गरे पनि यो सम्मान नेपालको समग्र निजी क्षेत्रप्रति गरिएको सम्मान भएको ढकालको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved