प्रधानमन्त्रीले गरे राष्ट्रिय योजना बैंकको उद्घाटन, भने,'नेपाल योजना छनौटको नयाँ युगमा प्रवेश'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2020 | 07:54:41 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगले योजना बैंकको औपचारीक सुरुवात गरेको छ। चौमासिक रुपमा आयोजना हुने राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना बैंकको औपचारिक सुरुवात गरेका हुन्।

उनले आयोजना बैकको उद्घाटन गर्दै अब नयाँ रनमा प्रवेश गरेको उनले बताए । सुन्दा केहि जटिल भएपनि आयोजना बैंकले विकास निमार्णमा नयाँ चरण हाँसिल हुने बताए। 

उनले भने ‘प्रिजेन्टेसनमा जटिल भएपनि यो प्रक्रिया सहज भएकाले कार्यनवयनमा सहज हुन्छ, आयोजना बैंकको सुरुवातसँगै परियोजना छनौटको नयाँ युग सुरु भएको छ, यसले आयोजनाहरू ब्यवस्थित र क्याटगोरााईज गराउन मद्धत गर्छ जस्तो लाग्छ ।’

अब कुन आयोजना प्राथमिक हो, कुन आयोजना विस्तारै गर्दा संचालन गर्दा हुन्छ र कुन तत्कालै गर्नुपर्छ त्यहि अनुसार छुट्याउन सकिन्छ । उनले भने ‘स्वदेशी लगानीमा नै बनाउनुपर्ने आयोजना कुन हो , विदेशी लगानी ल्याउनसकिने आयोजना कुन हो, सरकार र नीजी साझेदारीमा बनाउन सकिने आयोजना, नीजी क्षेत्रले मात्रै बनाउन सक्ने आयोजना कुन हो त्यहि अनुसार क्याटागोराइज हुन्छ । र आवाशयकता अनुसार लगानी अपिल गर्न र कार्यन्वयन गर्न सजिलो हुन्छ ।’ 

संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकाले बनाउन र बनाउन सक्ने आयाजनाको बारेमा पनि स्पष्टता हुने भन्दै उनले योजना बैंक प्रभावकारी हुने विश्वास ब्यक्त गरे  ।

कार्यक्रममा बोल्दै उनले सरकारको काम केहि हदसम्म उपलब्धीमुलक भएपनि सन्तोषजनक नभएको बताए । उनले सरकारको काममा ढिलासुस्ती भएको र यसले सरकारको उदेश्य पुरा हुन नसक्ने भन्दै असन्तुष्टि ब्यक्त गरे । उनले काम सुस्त हुँदा आयोजना पनि सुस्त भएकाले पुँजीगत खर्च हुन नसकेको जीकिर गरे । उनले भने ‘ अहिलेको उपलब्धिले प्रतिफल प्राप्त हुन सक्दैन, जता गति प्राप्त हुन्छ त्यति जान जरुरी छ।  काम गर्ने शैलिमा परिवर्तन आवश्यक छ।’


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved