अर्थमन्त्रीले फेरि बोलाए वाणिज्य बैंकका सिईओहरुलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 10:35:57 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले आज सोमबार सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा लागि बोलाएका छन् । अर्थमन्त्री डा. खतिवडाले आज ११ः३० बजे बैंकरसँग छलफल गर्न मन्त्रालयमै बोलाएका हुन् । छलफलमा २७ वटै वाणिज्य बैंकका सिइओहरु र राष्ट्र बैंकका अधिकारीहरु सहभागी हुनेछन् । 

अर्थमन्त्री खतिवडाले यसअघि पनि गत माघ ६ गते बैंकरसँग छलफल गरेका थिए । एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले भने गत महिनाकै छलफलको निरन्तरता हुनसक्ने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved