घट्यो डिजेल र पेट्रोलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 17, 2020 | 06:24:31 PM मा प्रकाशित

laxmi  sunrise bank

डिजेल र पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार (आज) राती १२ बजेबाट लागू हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ पर्नेछ ।

खाना पकाउने एलपी ग्याँस र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । निगमले यसअघि माघ २० गते पनि पेट्रोल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएर खाना पकाउने ग्याँसको मूल्यमा प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved