नेपालको ब्यापार घाटा ७ खर्ब नाघेको छ । चालु आर्थिक बर्षको पहिलो सात महिनासम्मको अवधिमा ब्यापार घाटा सात खर्ब ३८ अर्ब ६३ करोड १५ लाख ८६ हजार पुगेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा ब्यापार घाटा सात खर्ब ८० अर्ब १८ करोड ९६ लाख ६३ हजार रहेको थियो। गत बर्षको तुलनामा व्यापार घाटा ५.३३ प्रतिशतले घटेको हो ।
नेपालले निर्यात वृद्धि गर्दा ब्यापार घाटा गत वर्षको युलानामा घटेको हो । गत बर्षको भन्दा यस बर्ष सात महिनाको अवधिमा निर्यात २२.४१ बृद्धि भएको छ । तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको सात महिनामा नेपालले कुल ६४ अर्ब ९७ करोड १२ लाख २७ हजार बराबरको बस्तु निर्यात गरेको छ ।
गत बर्षको यहि अवधिमा नेपालको निर्यात ५३ अर्ब सात करोड ८७ लाख ५६ हजार रहेको थियो । आर्थिक बर्षको सात महिनामा नेपालमा आठ खर्ब तिन अर्ब ६० करोड २८ लाख १३ हजार बराबरको बस्तु तथा सामान अयात गरेको छ ।