बाग्मती प्रदेशले फिर्ता लियो साझालाई दिएको ३० करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2020 | 03:12:38 PM मा प्रकाशित

laxmi  sunrise bank

बाग्मती प्रदेश सरकारले साझा यातायात सहकारीमा संस्थामा शेयर लगानी गर्ने सम्बन्धि निर्णय खारेज गरेको छ । साझामा प्रदेश सरकारले ३० करोड रुपैयाँ लगानी गर्ने भनिएपनि साझाले सहमति अनुसार काम गर्न नसकेको भन्दै बहिबारको प्रदेश मन्त्रिपरिषद् बैठकले सहमति खारेज गर्ने निर्णय गरेको प्रदेश सरकारले आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।

बाग्मती प्रदेश सरकारले साझा यातायातमा ३० करोड रुपैयाँ सेयर पूँजीको रुपमा लगानी गर्न भन्दै गत असार १६ गते प्रदेश सरकारका आर्थिक मामिलामन्त्री ढुंगेलले साझाका अध्यक्ष कनकमणी दिक्षितलाई चेक हस्तान्तरण गरेका थिए । साझालाई संघिय सरकारले २०७५ पुस ९ गते तीन अर्ब दिने निर्णय गरेपनि २०७६ माघ ६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त रकम फीर्ता लिने निर्णय गरिसकेको छ । 

गत असार १६ गते नै बस खरिदकै लागि काठमाडौँ महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले २ करोड ५० लाख बराबरको शेयर खरिद गर्ने सम्झौता गरेका थिए । यी दुवै महानगरपालिकाले साझामार्फत नै बस खरिद गरी बस सञ्चालन गर्ने कि रकम फिर्ता लिने भनी निर्णय गरिसकेको छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved