तेलको भाउमा भारी गिरावट, ४ वर्षकै न्युन बिन्दुमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 09, 2020 | 07:07:59 PM मा प्रकाशित

laxmi  sunrise bank

कच्चा तेलको भाउ एकैदिन २० प्रतिशतभन्दा बढीले घटेको छ । साउदी अरेबियाले घरेलु बजारमा तेलको भाउ घटाएपछि विश्व बजारमा पनि तेलको भाउमा भारी गिरावट आएको हो । 

पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र सहयोगी मुलुकबीच सम्झौता नभएपछि साउदीले एकतर्फी रुपमा तेलको भाउ घटाएको हो । सोमबार साँझसम्म ब्रेन्ट कच्चा तेलको भाउ प्रतिब्यारेल २२.०५ प्रतिशतले घटेर ३५.९ डलरमा झरेको छ । साउदीले तेल बेच्दा भारी छुट दिने र दैनिक १ करोड ब्यारेलभन्दा बढी तेल उत्पादन गर्ने बताएको थियो । हाल साउदीले दैनिक ९७ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ ।

यसअघि तेलको भाउ सन् २०१६ जनवरीमा हालसम्मकै कमजोर विन्दुमा आइपुगेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved